site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कलाका माध्यमबाट ‘अभिभावकविहीन जनता’खबरदारी कार्यक्रम
Ghorahi CementGhorahi Cement

काठमाडौं । शनिबार पाटन दरबार क्षेत्र परिसरमा केही अलग दृश्य देखियो । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै तीन महिनाजति सुनसान रहेको पाटन दरबार परिसरमा केही सातादेखि साँझपख मानिसहरुको चहलपहल सुरु हुन थालेको छ । 

त्यही चहलपहलकाबीच शनिबार कात्तिक नाच गराउने दबलीमा कलाका केही भिन्न रुप देख्‍न पाइयो । एक गर्भवती अनि कमजोर महिला भुइँमा ओछ्याएको सेतो कपडामाथि सघंर्षका पाइला लम्काइरहेकी छिन् । कालो कपडा अनि मुखमा मास्क लगाएर हिडिरहेकी ती महिलाको पाइला रगतले लत‌्‌पतिएका छन् । 

उसको खुट्टामा 'चेन'ले र शरीरमा डोरीले बाँधेर पछाडिबाट कसैले तानिरहेको छ । यद्यपि ती महिलाले संघर्ष गरेर यात्रा तय गर्छिन् तर अन्तमा उस्ले मृत्युवरण गर्नुपर्ने हुन्छ । अन्तिम बिन्दुमा अर्की एक महिला हुन्छिन्, जो पत्रपत्रिका आफ्नो शरिरभरि ओढिरहेकी हुन्छिन् । 

Agni Group

यो कलाको विभिन्‍न माध्यममार्फत राज्यप्रतिको आक्रोश र असन्तुष्टि पोख्‍ने साझा मञ्‍च ‘अभिभावक विहीन जनता’शीर्षकमा गरिएको खबरदारी अभियानको हो । महामारीको यस्तो कहरमा देशमा भैरहेका विभिन्न घटना जस्ले जनतालाई झनै मारमा पार्न खोजिरहेको भन्दै सरकारलाई अभिभावकत्व ग्रहण गर्न गरिएको अभियान हो । 

शिल्पी थिएटरका कलाकार पवित्रा खड्का र संगीता उरावले नाटक प्रस्तुती गरेका थिए । जसको परिकल्पना नाटक निर्देशक तथा शिल्पीका संस्थापक घिमिरे युवराजले गरेका हुन् । नाटकमा महिलालाई पछाडिबाट तानिरहेको डोरीलाई शासकको सिम्बोलको रुपमा प्रयोग गरिएको नाटकका परिकल्पनाकार घिमिरे युवराजले बताए ।

Global Ime bank

 

 

“एक आमनागरिकलाई आफ्नो गन्तव्यमा पुग्‍न बाधा गरिरहेको यो शासक र उनीहरुले निम्त्याएको परिस्थितीको रुपमा चित्रण गर्न खोजेका छौं ।” यस्तै पत्रिकाहरु देखाएर यो महामारीबाट कसरी बच्न सकिन्छ भन्दा पनि हरेक दिन ४ बजे यति संक्रमित थपिए भन्दै अपडेट मात्रै दिइरहेको तर आवश्यक सतकर्ताको कुरा नगरेको मिडियालाई चित्रण गर्न खोजिएको पनि उनले बताए । 

कार्यक्रममा कलाकार रविन्द्र श्रेष्ठको चित्रकला र रवि मिश्रको कार्टुन पनि प्रदशर्नीमा राखिएका थिए ।  यस खबरदारी कार्यक्रमको संयोजन युग पाठक र घिमिरे युवराजले गरेका हुन् । 

अभियानमा सहभाीता हुन पाएकोमा आयोजक टिमलाई धन्यवाद दिँदै धेरैपछि यस्तो कार्यक्रममा सहभागीता जनाउन पाँउदा केही फ्रेस भएको कलाकार रविन्द्र श्रेष्ठले बताए । 
शिल्पीले केही हप्ता अघि बत्तिसुतलीसडकमा पर्फोमेन्स आर्टमार्फत खबरदारी अभियान सुरु गरेको हो । 

कार्यक्रम संयोजक घिमिरे युवराजका अनुसार देशमा जनतालाई विचल्ली बनाएर आफनो कुर्सी बचाउन मात्रै लागिरहने सरकारले आवश्यक कदम नचाले सम्म खबरदारी कार्यक्रम जारी राख्ने र यसपछि अझै बृहत् रुपमा लग्ने तयारी भइरहेको जानकारी दिए । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC