site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सार्वजनिक यातायात कहिले चल्छ ? कम क्षमतामा चलाउन सक्दैनाैं : व्यवसायी
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउन खुकुलो बनेसँगै सार्वजनिक यातायातका साधन पनि सञ्चालन गर्न व्यवसायीले दबाब दिँदै आएका छन् । ट्याक्सी चालकहरुले त आन्दोलन नै गरिरहेका छन् ।

यातायात व्यवस्था विभागले पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सरकारले बनाएको प्रोटोकल अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न सकिनेसहितको सुझाव मन्त्रालयलाई बुझाएको पनि एक महिना भइसक्यो । तर, सार्वजनिक यातायात कहिले सञ्चालनमा आउँछ भन्ने विषयमा छलफल मात्रै भएको सरकारी अधिकारी बताउँछन् ।

“सुरक्षा सावधानी अपनाएर सार्वजनिक यातायातका साधन सञ्चालनका लागि मन्त्रालयमा पेस गरेको एक महिना भइसक्यो,” विभागका एक कर्मचारीले भने, “हामीले दिएको सुझावमा छलफल मात्रै भएको छ, फल आइसकेको छैन । सार्वजनिक यातायात कहिले सञ्चालनमा आउँछ थाहा छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले सार्वजनिक यातायात सञ्चालनका लागि बनाएको प्रोटोकलअनुसार सार्वजनिक यातायात सञ्चालनमा ल्याउन सकिने दाबी गरे । तर, व्यवसायीले भने विभागले दिएको सुझावअनुसार गाडी चलाउन नसक्ने बताउँदै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले ५० प्रतिशत क्षमतामा मात्रै गाडी चलाउन नसकिने बताउँछन् । “गाडी चलाएपछि हाम्रो खर्च हुन्छ नै खर्च पनि नउठ्ने गरी गाडी चलाएर के गर्नु ?” उनले भने । निश्चित क्षमतामा गाडी सञ्चालन गर्दा लाग्ने खर्च सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

Global Ime bank

विभागले सार्वजनिक यातायातका साधन सञ्चालन गर्दा भौतिक दूरी कायम गर्नुपर्ने अर्थात् एक सिटमा एक जना मात्रै चढाउन पाउने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजको प्रयोग गर्नेलगायतका व्यवस्था गरेको छ । तर, मन्त्रालयमा पठाएको सुझाव प्रतिवेदन एक महिना भइसक्दा समेत त्यसको अत्तोपत्तो नभएको विभागकै कर्मचारीले बताए ।

विभाग दिएको सुझाव मन्त्रीसमक्ष पेस भइसकेपछि मन्त्रिस्तरीय निर्णयबाट मात्रै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न नसकिने र उच्चस्तरीय समितिमा छलफलका लागि गएको जानकारी मन्त्रीले गराएको एक कर्मचारीले बताए । “उच्चस्तरीय समितिमा पनि छलफल मात्रै हुन्छ, फल निस्किन सकेको छैन,” उनले भने ।

यता, विभागका प्रवक्ता तीर्थराज खनाल पनि यो विषय छलफलमै रहेको बताउँछन् । “हामीले मन्त्रालयलाई पनि सुझाव दिइसकेका छौं, छलफल भइरहेको होला । विभागले पनि छलफल गरिरहेको छ” उनले भने ।  

विभागले सरकारलाई प्रोटोकलसहितको सुझाव दिएको र त्यसमा निर्णय हुन बाँकी रहेको उनले बताए । “प्रोटोकलका विषयमा यातायात व्यवसायीसँग पनि छलफल गर्नेछौं,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC