अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारबाट ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आइतबार सूचना जारी गर्दै असार २२ गतेदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार साविककै आकार, प्रकार तथा रंगमा संकेत नं ज–८९ ०००००१ देखि ट–३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याउन लागिएको हो । नोटमा पूर्वगभर्नर चिरन्जीवी नेपालकै हस्ताक्षर हुनेछ । नोटका अघिल्लो तल्लो भागमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७५ लेखिएको हुनेछ ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७ १७:१५
प्रतिक्रिया दिनुहोस्