काठमाडौं । गायक सन्जिव पराजुलीको नयाँ गीत ‘मन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत र प्रह्लाद शाहको शब्द छ । गीत तथा भिडियोमा रिकेस गुरुङको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ छ ।
गणेश शाहीको निर्देशन रहेको भिडियोमा विकास लामिछाने, मलाइका बस्नेत, पूजा शाह र आशिक खड्का फिचर्ड छन् । भिडियोमा फराज अर्पण (नेपाल) र राजीव भुषाल (अस्ट्रेलिया) को छायांकन र फराजकै सम्पादन छ ।
गीतकार प्रल्हादको गीत ‘परानै दिन्छु’, ‘हुक्का माथि चिलिम’ लगायतका गीत चलेका गीतमा पर्छन् । भने गायक पराजुलीको आवाज रहेको ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’ जस्ता डान्सिङ नम्बरका गीत पछि ‘मन’ बोलको गीत सार्वजनिक भएको हो ।