site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कविता : ‘कोभिडले एक्लो– म अमेरिका’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ओकल्न सक्थेँ आगो 
अझै पनि 
निस्कन्छ ज्वालो देखिन्छ– तुवाँलो  
उगाल्थेँ ज्वार 
ज्वर पार्नलाई– ज्वारभाटा  
प्रहर खोस्थेँ– प्रहारबाट 
अधिकार खोस्थेँ– अनाधिकारद्वारा 
मुस्लो निस्के झिल्को बनाउँथेँ 
मुर्कुटो देखिए अगुल्टो झोस्थेँ 
घुँएत्रो हान्ने– मजेत्रो उघार्ने 
ताकत छ अझै 
गुलेली ताक्ने– गोली बर्साउने
हिम्मत छ अझै 
झिल्को झुल्किए 
फुक्न सक्थेँ– निभाउन 
दबाउन सक्छु  
कसैलाई उठाउने– म
कसैलाई उडाउने– म 
आफ्नालाई चढाउने अहम
अर्कालाई डढाउने अहम 
म म थिएँ 
म मकार–
म अरू कोही थिएन– हैन 
तिनीहरू अझ बेकार 
भीडमा म खोजिन्थेँ  
हामीमा म चिनिन्थे  
मैले आँ गर्दा– अलंकार 
मैले क बोल्दा– कठोर
 
तर आज 
निःसहाय बनेको छु म 
–निःशब्द म 
–फगत एक अक्षर म 
मेरो क्षेप्यास्त्र निरस्त्र भो
मेरो बम कम भो 
मेरो तागत आहत भो
–निर्वस्त्र म 
म भित्रै– म हराएँ 
म बाहिरै– म बिलाएँ 
म भित्रको हात्तीलाई 
लात्ती हान्यो– मुसाले 
म भित्रको शक्तिलाई 
चिल्यो कमिलाले  
मेरो स्थुल थिलथिल भो 
मेरो स्थल ढलपल 
माटो खोस्ने म 
माटो खोज्न थालँें 
माटो भएँ– माटोमुनि 
बाटो छेक्ने म 
बाटो छोप्ने भएँ– लाटो बनेँ 
आँखा जुधाउन सक्दैन थिए कोही
आँखाले नदेखिनेबाट 
आँखा लुकाउने– भएँ म 
नाक काटे तिम्रो अरुको– 
नाक मुख लुकाउने भएँ म 
अविनाश सोच्थेँ विनास भएँ 
अविराम हुन्थेँ  पूर्ण विराम भएँ  
मेरो औकात सहादत भयो 
मेरो हैसियत हुर्मत– हविगत 
जब खनिन थाल्यो–
आकाश छुने शहरमा  
पातालमुनि खाल्टाहरू 
ग्राउन जिरोमा पुरिन थाले
काठका बाक्साहरू जब 
शून्य रहेछ– मेरो क्षमता 
जब नपुग्न थाल्यो– भेन्टिलेटर
म पेण्डामिक सेन्टर बनेछु 
तब नगण्य रहेछ– मेरो अवस्था 
जब लाखको काख गुम्यो 
अमान्य भएछ– मेरो अहंकारिता 
धर्तिलाई शक्ति देखाउने–
धर्ति कोतर्दै छु 
परमेश्वरलाई भन्ने गर्थेँ 
म को हुँ चिन्दैनौ– ईश्वरलाई पुकार्दैछु 
के गर्न सक्दिन– डुक्रिन्थे 
केही गर्न सक्दिनँ– झोक्रिएँ 
मेरो हाँसोले नास्यो मलाई 
मेरो नासोले डस्यो मलाई
हावामा उड्ने उडाउने  
आह अमेरिका 
हावा फुस्किएको बेलुनझैं
शक्तिहीन– दुर्बल देखिएको छु
अथवा– भीडको म अमेरिका
कोभिडले एकल भएको छु ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC