site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बायर्नलाई सिजनको दोस्रो उपाधि
Sarbottam CementSarbottam Cement

एजेन्सी । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको दोस्रो उपाधि जितेको छ । जर्मन कप (डिएफबी पोकल) अन्तर्गत शनिबार राति भएको फाइनलमा बायर लिलागीसेनलाई पराजित गर्दै बायर्नले सिजन २०१९/२० को दोस्रो उपाधि जितेको हो ।

बर्लिनमा भएको खेलमा बायर्नलाई ४-२ गोलको जित दिलाउन रोबर्ट लेवान्डोवस्किले दुई तथा डेभिड अल्ब र सर्जे ग्नाब्रीले एक/एक गोल गरे । लिभरकुसेनका लागि स्भेन बेन्डेर र कई हाभर्टले एक/एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको १६ औं मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यस्तै २४ औं मिनेटमा सर्जेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले जोसुआ किमिचीको पासमा गोल गर्दै पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए ।

खेलको ६९ औं मिनेटमा लेवान्डोवस्किले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै लिभरकुसेनका एन्डेरले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । खेल सकिन एक मिनेट बाँकी हुँदा लिवान्डोवस्किले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-१ गोलको अग्रता दिलाए । तर खेलको इन्जुरी समयमा हाभर्टले पेनाल्टीमा गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए पनि हार टार्न भने सकेनन् ।

Global Ime bank

गतवर्षको समेत च्याम्पियन रहेको बायर्नले यस सिजनसहित २०औं पटक जर्मन कपको उपाधि जितेको छ । यता लिभरकुसेनले भने आफ्नो २७ वर्षपछि पनि इतिहास फर्काउन सकेन । लिभरकुसेनले पछिल्लो पटक सन् १९९३ मा जर्मन कपको च्याम्पियन बनेको थियो । त्यसयता लिभरकुसेनले २००२, २००९ र यस वर्ष गरि तीन पटक जर्मन कपको फाइनल खेलेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  ०६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC