site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सचिवालयका ६ नेताको निष्कर्ष : पार्टी फुट्न नदिने, मिसन पनि पूरा गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थायी कमिटी बैठक दुई दिनलाई सरेपछि नेकपाका ६ जना सचिवालयका नेता बैठक बसेर पार्टी एकताका लागि अन्तिमसम्म सङ्घर्ष गर्ने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा यथावत रहेपछि पार्टी बचाउनुपर्ने दायित्व आएको एक नेताले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसहितका नेता भेला भएका थिए ।

६ जना नेताको अनौपचारिक बैठकले स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको एक नेताले बताए ।  “पार्टी कमिटी नै सर्वोपरी हो । कमिटीले जे फैसला गर्छ मान्नु हामी सबैको कर्तव्य हुनेछ । अहिले स्थायी कमिटीको बैठक रोकिएको छ । यसले समाधान दिँदैन, स्थायी कमिटीको बैठक अब नरोक्ने र त्यहीँबाट समाधान खोज्ने छलफल भयो,” ती नेताको भनाइ छ ।

Global Ime bank

अर्का सचिवालय सदस्यले पार्टी विभाजनतर्फ उन्मुख रहेको र संसद् अधिवेशन अन्त्यपछि जुनसुकै फेला फुटको बाटो समात्न सक्ने भएकाले यसलाई रोक्ने निर्णय गरेको जानकारी दिए ।

“पार्टी फुटबाट पनि रोक्ने र मिसन पनि पूरा गर्ने छलफल भएको छ,” उनले भने ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर हटाउन समझदारी भएको हो भन्ने प्रश्नमा ती सदस्यले स्थायी कमिटीको निर्णय अन्तिम हुने र त्यसको पालना गर्ने बताए ।

“स्थायी कमिटीको बैठक चलिरहेको अवस्थामा बैठकबाहिर समाधान खोज्ने कुरा आउँदैन । बैठकलाई निर्णय गर्न दिऊँ भन्ने समझदारी भयो । बाँकी फैसला स्थायी कमिटीले गर्छ,” उनले भने । सचिवालयका ६ जना नेता बैठक बसेको कुरा वरिष्ठ नेता झलनाथ खनालले पनि पुष्टि गरे । उनले पार्टीलाई एकताबद्ध बनाउन छलफल भएको स्वीकार गरे ।

यसैबीच शनिबार बिहान खुमलटारमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच पनि भेटवार्ता भएको थियो । भेटमा शुक्रबार दुई अध्यक्षबीच भएको कुराकानी प्रचण्डले ब्रिफिङ गरेको स्रोतले जानकारी दियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC