site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कोरोना संक्रमण समुदायमा फैलिएको छैन, हेलचेक्रयाईं नगरौँ
Sarbottam CementSarbottam Cement

पछिल्लो समयमा नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । केही दिनयता दैनिक तीन सयभन्दा बढी कोरोना संक्रमित भेटिन थालेका छन् । नेपालमा कोरोनाको अवस्था, स्वास्थ्य सतर्कतालगायत विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ (भाइरोलजिस्ट) डा. शेरबहादुर पुनसँग बाह्रखरीसँग गरेका कुराकानी :

नेपालमा कोरोना भाइरसको संक्रमण कुन अवस्थामा पुगेको छ ?
लकडाउनपछिको अवस्था हेर्दा हरेक दिन संक्रमितको संख्या बढिरहेको देखिन्छ । मानिसहरूको आवतजावतसमेत छ । क्वारेन्टिनको व्यवस्था सबैतिर एक रूपको छैन । आगामी दिनमा संक्रमितको संख्या थपिने क्रममा जारी रहने देखिन्छ । संक्रमण नफैलियोस् भनेर दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात धुनु नै कोरोनाबाट बच्न सकिन्छ । लकडाउन खुकुलो छ हेलचेक्रयाईं नगरौं ।

संक्रमण कुन स्तरमा पुगेको मान्न सकिन्छ ?
अत्यधिक मात्रामा कोरोना संक्रमित भेटिएको छ । अर्को स्रोत पत्ता नलागेको अवस्थामा मात्र कोरोना समुदायमै फैलियो भनिन्छ । कोरोना भाइरसको संक्रमण सामान्यतः ज्येष्ठ नागरिक र दीर्घरोगीलाई देखिन्छ भन्ने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संक्रमितको संख्या कम हुँदा लकडाउन कडा थियो, अहिले संक्रमित बढ्दै जाँदा लकडाउन खकुलो पारिएको अवस्था छ, जनस्वास्थ्यको हिसाबले यसलाई कसरी हेर्नुभएको छ ?
चीनको वुहानमा कोरोना संक्रमण नियन्त्रणमा लिइएको थियो । तर हाम्रोमा ठीकविपरीत संक्रमितको दर बढ्यो । एक जिल्लाबाट अर्को जिल्लामा पहँुचका आधारमा जाने, लकडाउनमा पनि मर्निङवाक र इभिनिङ वाक गर्ने, काठमाडौंबाहिर केही स्थानमा सामूहिक बसेर चिया गफ गर्ने पाइयो । लकडाउन भनेको घरमै बस्ने दूरी कायम गर्ने, साबुनपानीले हात धुने र मास्क लगाउने आदि हो तर यी कुनै पनि कुराको कार्यान्वयन नहुँदा अहिले जोखिम बढ्यो । 

यसैगरी भारतबाट आउने नेपालीहरू समूहमा आए । दूरी कायम गर्ने कुरा भएन । बाटोमा आउँदा–आउँदै धेरै नेपाली संक्रमित भएका थिए । क्वारेन्टिनको राम्रो व्यवस्थापन नहुँदा त्यहाँ पनि संक्रमण देखियो ।

Global Ime bank

नेपालमा कोरोना संक्रमणबाट भएको मृत्युदर अन्य मुलुकको तुलनामा कस्तो छ ? 
नेपालमा कोरोना भाइरसको मत्युदर किन कम रह्यो यो भन्न गाह्रो छ । किन गाह्रो हुन्छ, भने चीनको वुहान र बेइजिङमा देखिएको भाइरस फरक रहेको विभिन्न अध्ययनले देखाएको छ । अर्को हावा पानी, हाम्रो पराम्परागत जीवनशैली, भाइरसको तागत आदिका कारण मृत्युदर कम भएको हो कि जस्तो लाग्छ । नेपालमा पनि कुन प्रकारको भाइरस छ भनेर अध्ययन सुरु भएको देखिन्छ । त्यसले पनि धेरै कुरा पत्ता लगाउँछ ।

सरकारले अहिले लक्षणविहीन संक्रमितको कोरोना परीक्षण नगर्ने भनेको छ । यस्तो अवस्थामा लक्षणविहीनबाट अन्यमा रोग सर्ने सम्भावना कत्तिको छ ?
लक्षणविहीन कोरोना संक्रमितले अन्यमा रोग सार्ने दर कम हुन्छ । तर १०० प्रतिशत नै सार्दैन भन्नेचाहिँ हुँदैन । लक्षण देखिएका संक्रमितबाट थुकका छिटाले सर्ने हो । लक्षण नभएका संक्रमितमा सर्ने दर कम हुन्छ । नेपालमा कोरोना संक्रमण देखिने त युवाहरू नै छन् । जस कारण पनि अन्य मुलुकको तुलनामा कम हो जस्तो लाग्छ ।

चीन सरकार र विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनमा लक्षण नदेखिनु भनेको एकदमै दुर्लभ हो । तर, लक्षणविहीनले पनि सार्न सक्ने भन्ने थियो । तर हाम्रोमा देखिएको कोरोना संक्रमित बढी लक्षणविहीन नै छन् । 

अर्कोतर्फ भिड बढ्न थालेको छ । जसले कोरोना सर्ने दर बढी हुन्छ । विदेशमा जुठो खाने बढी देखिन्छ तर नेपालमा त्यो बानी कम रहेका कारण पनि यो सर्नेदर कम हुन्छ । सामान्य रूपमा लक्षण देखिएको भन्दा नदेखिएका संक्रमितले सार्ने दर कम हुन्छ ।

संक्रमितको उपचार विधि के हो ? १४ दिन आइसोलसनमा बस्नुबाहेक यसको थप उपचार छैन ?
कोरोना संक्रमितलाई आइसोलेनमा लक्षणका आधारमा औषधि चलाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनले हालसम्म कोरोना संक्रमितलाई यो औषधि चलाउन भनेर कुनै मार्ग निर्देशन गरेको छैनन । सबैतिर संक्रमितको हालसम्म लक्षणका आधारमै औषधि चलाउने हो । 

अहिलेसम्म १४ दिनसम्म आइसोलेनमा बस्दा निको भएका छन् । केही संक्रमित मात्र आईसीयूमा गएका छन् । आईसीयूमा गएका संक्रमितलाई लक्षणका आधारमै औषधि दिने हो । श्वासप्रश्वासमा समस्या देखियो भने भेन्टिलेटरका माध्यमबाट सपोर्ट गर्ने हो । भेन्टिलेटर औषधि होइन । 

नेपालमा कोराना भाइरसको पिक टाइम कहिले होला ?
जुन समयमा कोरोना संक्रमितको संख्या ओरालो लाग्छ, त्यो समयलाई पिक टाइम हो भन्न सकिन्छ । तर केही महिना कोरोना जान्छ तर वर्षौंसम्म महामारी जाँदैन ।  यो समुदायमा कसरी फैलन्छ फैलँदैन, भारतबाट आउने क्रम कतिको कम हुन्छ । यस्तै पीसीआर परीक्षणदर कसरी अघि बढ्छ वा बढ्दैन भन्ने हो । 

नेपालमा कोही व्यक्ति बिरामी नभएसम्म अस्पताल आउँदैनन् । अस्पताल नआएपछि परीक्षण पनि हुँदैन । परीक्षण नभएसम्म संक्रमितको संख्या बढ्दैन । अर्को कुरा दैनिक १० हजार पीसीआर परीक्षण भए मात्र यकिन संख्याको प्रक्षेपण गर्न सकिन्छ । 

कोरोना संक्रमण देखिएकामाथि समाजको दृष्टिकोण कसरी परिवर्तन गर्न सकिन्छ ? अर्थात् यो निको हुने रोग हो भनेर सर्वसाधारणलाई कसरी बुझाउने ?
कोरोना संक्रमण देखिँदैमा मृत्यु भइहाल्दैन । नेपालमा कोरोना संक्रमण देखिएका मध्ये ६ हजारभन्दा बढी निको भएका छन् । यदि निको भएर घर गएकाहरूले कोरोना फैलाउने भए कतिलाई फैलाउथे होला । भाइरस केही दिनमा आफैं निष्क्रिय हुन्छ भन्ने विभिन्न अध्ययनले देखाएका छन् । 

अर्को कोरोना संक्रमण कसरी सर्छ भनेर बुझ्न जरुरी छ, कोरोना थुकका छिटाबाट सर्ने हो । दूरी कायम गर्ने मास्क लगाउने, पटक–पटक हात धुने, सरसफाइमा ध्यान दिने गरे यसबाट बच्न सकिन्छ । विदेशबाट आएका व्यक्तिसँग डराउनु पर्दैन ।

सरकारले गरेको लकडाउनलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
सरकारले सुरुकै करिब तीन महिनाको लकडाउन कडा बनाउन सकेन । नागरिकले पनि लकडाउनको पालना गरेनन् । लामो समय लकडाउन हुँदा विभिन्न समस्या देखिका थिए । सरकारले लकडाउन खुकुलो बनायो । जसकारण संक्रमण बढेको देखिन्छ । यदि सुरुमै कडाइ गरेको भए यस्तो अवस्था आउँदैन थियो ।

अहिले डेंगुको संक्रमण पनि सुरु हुन थालेको छ, यसले थप असर त पार्दैन ?
कोरोनाको महामारीका समयमा रुघाखोकी र डेँगुको चुनौती थपिएको छ । डेँगु र रुघाखोकीसमेत देखिन थालेको छ । डेँगुको लक्षण र कोरोनाको लक्षण मिल्दोजुल्दो हुन्छ । यसको ल्याब परीक्षण पनि धेरै मिल्दोजुल्दो हुन्छ । रुघाखोकी र डेँगु हरेक वर्ष देखिने रोग हुन् । रुघाखोकी र डेँगु हरेक वर्ष यही मौसममा देखिँदै आएको छ । मानिस डेँगु र रुघाखोकीको बिरामी छ तर कोरोना शंका गर्दै उपचार पाउनुपर्ने व्यक्तिले पनि समयमा उपचार नपाउने अवस्था सिर्जना हुने देखिन्छ । समाजमा पनि रुघाखोकी लाग्दा यसलाई कोरोना लागे छ भनेर हेर्ने नजर पनि फरक हुने हुन्छ ।

यदि रुघाखोकी ज्वरोका लक्षण लिएर उपचारका लागि आएका बिरामीलाई कहाँबाट आएको भनेर सोध्नुपर्ने हुन्छ । एक सातासम्म देखिएपछि गाह्रो हुने हुन्छ । बिरामीले पनि कहाँबाट आएको ठेगाना ढाँट्नु हुँदैन । जसले उपचारमा मद्दत पुग्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC