site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘आलोपालो’मै फर्कने प्रचण्डको तयारी, जेठ २ को सहमति नै समाधानको विन्दु
Sarbottam CementSarbottam Cement

काठमाडौं । जेठ १० गते, स्थायी कमिटीको पाँचौं बैठकको आरम्भमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालोको समझदारी प्रतिस्थापन गरेर गल्ती गरेको निष्कर्षका निकालेका थिए ।

पार्टीभित्रको शक्ति सन्तुलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच मनमुटाव चर्किएपछि मङ्सिर ४ गतेको सचिवालय बैठकले २०७५ जेठ २ गते दुई अध्यक्षबीच भएको आलोपालो सरकार चलाउने समझदारी खारेज गरेको थियो । बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्दै ओलीलाई पाँचै वर्ष सरकार सञ्चालन गर्न दिने र अर्का अध्यक्ष प्रचण्डलाई आम रूपमा पार्टी सञ्चालनको जिम्मासहित कार्यकारी अध्यक्षको भूमिका प्रदान गर्ने निर्णय गरेको थियो ।

तर, नेकपाभित्र त्यो समझदारी पालना भएको थिएन । आठ महिनाको अन्तरालमा न प्रचण्डले बैठक आह्वान गर्न पाए । न निष्कर्ष र निर्देशन जारी गर्न नै पाए । कार्यकारीको पगरी आफूलाई र जिम्मेवारी ओलीको हातबाट फुत्काउन गाह्रो परेपछि प्रचण्डले बैठकमा चरम असन्तुष्टि पोखेका थिए । र, कतै पार्टी एकता गरेर गल्ती त गरिनँ । बरु साथीहरूको सल्लाहमुताविक गठबन्धनमात्रै पो ठीक थियो कि भन्ने निष्कर्षमा पुगेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार निवासमा पुगेका ओलीनिकट नेताहरूलाई पनि यही निष्कर्ष दोहोर्‍याए– पार्टी एकताको अढाइ वर्ष मैले अत्यन्तै अपमानित महसुस गर्नुपर्‍यो । आलोपालोको सहमति त्यागेर गल्ती गरेँ कि । त्यसो त उनीनिकट नेताहरूको भेटैपिच्छे उनले यही वाक्य दोहोर्‍याउने गरेका छन्– म ललिचो बन्दा ओलीमा दम्भ र अहङ्कार बढ्यो ।

आफूले ‘त्याग’ गर्दा पनि ओलीको कार्यशैली नबदलिएपछि प्रचण्ड पार्टी एकताताका भएको ५ बुँदे समझदारीमा फर्किएका छन् । र, त्यही विन्दुबाट सहमतिको खोजी गर्ने तयारीमा जुटेका छन् ।

Global Ime bank

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टा लामो कुराकानी भयो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार दुई अध्यक्षबीचको तिक्तता, आरोपप्रत्यारोप, क्षेप्यास्त्र हानाहान अब सहमतिको बाटोतिर अघि बढेको छ । कहीँ न कहीँ मिलन विन्दु फेला पर्नेछ ।

शुक्रबारको बैठकमा दुई अध्यक्ष मात्रै वार्तामा बसेनन् । उनीहरूले जेठ २ गतेको सहमतिको साक्षी पनि खोजे । आजको वार्तामा पूर्वएमालेका तर्फबाट साक्षी बसेका विष्णु पौडेल र पूर्वमाओवादी केन्द्रका तर्फबाट साक्षी बसेका जनार्दन शर्मा पनि छलफलमा सहभागी थिए ।

आजको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । मन माझामाझ मात्रै भयो । तथापि, आजको बैठकले नेकपाको कोर्स करेक्सन अब जेठ २ गतेको समझदारीतिर अघि बढेको सङ्केत गरेको नेताहरू बताउँछन् ।

“हिजो जुन विन्दुबाट पार्टी एकताको सुरुआत भयो । फर्किएर त्यही विन्दुमा जाऔं र एकता जोगाऔं भन्ने छ,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बाह्रखरीसँग भने, “हामीले यही प्रयत्न गरिरहेका छौं ।”

त्यो ‘गोप्य’ पाँचबुँदे जसले केपी ओलीलाई सत्ता छाड्न बाध्य पार्दैछ !

उनका अनुसार आज दुई अध्यक्षबीच यही विषयमा कुराकानी केन्द्रित भएको थियो । ठोस सहमति हुन नसके पनि संवादले निरन्तरताको माग गरेको उनको भनाइ थियो । स्थायी कमिटी सदस्य मणि थापा पनि पुरानो सहमतिको जगमा अडिँदा मात्रै एकता टिक्ने बताउँछन् ।

पार्टीभित्र विवाद हुँदा पुरानो समझदारीको पाना पल्टाउनु अनिवार्य भएको उनको मत छ । “हिजो पार्टी एकताले जे म्यान्डेड दिएको थियो । त्यही नै समाधान हो,” उनी तर्क गर्छन्, “त्यहाँबाट दायाँबायाँ जानेबित्तिकै एकता दुर्घटनाग्रस्त हुन्छ ।”

२०७५ जेठ २ गते र २०७६ मंसिर ४ गतेको समझदारी एकताको आधार भएकाले त्यसको इमानदार परिपालना नै एकता टिकाउने सूत्र भएको उनको भनाइ छ । “जेठ दुई गतेतिर फर्किएर अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए पनि भयो, प्रचण्ड कमरेडले पार्टी चलाए पनि भयो,” उनी भन्छन्, “अथवा मङिसर ४ को समझदारीलाई वैधानिकता दिए पनि भयो । होइन, यी दुवै समझदारी खारेज गरेर नयाँ समझदारी कायम गरौं भने पनि भयो । विकल्प यिनै देखिन्छ,” उनी भन्छन् ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC