site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘लकडाउनमा विमानस्थल बनाउने काममा उल्लेख्य प्रगति’
Ghorahi CementGhorahi Cement

काठमाडौं । संसारभर फैलिएको कारोना भाइरस ९कोभिड–१९० का कारण विश्वको अर्थतन्त्र शिथिल छ । आर्थिक गतिविधि ठप्प छ । नेपालमै पनि यसको प्रतिकूल असर परेको छ । जसमध्ये पर्यटन क्षेत्र सबैभन्दा प्रभावित छ ।

तर, नेपाली पर्यटनको एउटा क्षेत्रले लकडाउनको फाइदा उठाएको छ । त्यो हो, नागरिक उड्डयन विमास्थलको काम ।

लकडाउन सुरु भएको केही समय काम रोकिए पनि, पछि यसले गति लिन थाल्यो । सरकारले घोषित लकडाउनभन्दा बढी समय हवाइ उडान नगर्ने निर्णय गर्दा विमानस्थल निर्माण, विस्तार, पुनरुत्थान तथा मर्मतको काम सहज ढंगले अघि बढेको छ ।

Agni Group

जसको उदाहरणका रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हासिल थप भौतिक प्रगति, त्रिभुवन विमानस्थल मर्मतको काम, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बढेको कामको गति र आन्तरिक विमानस्थल बनाउने कामको निरन्तरता ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको लकडाउनमा भएको कामको उपलब्धीमा यस्तो उल्लेख छ ।

Global Ime bank

कोभिड–१९ बाट सिर्जित लकडाउनको अवधिमा  मन्त्रालयद्वारा सम्पादित प्रमुख कामको विवरणमा राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा पनि निर्माणका कामहरूलाइ निरन्तरता दिइएका कारण उपलब्धि हासिल भएको बताइएको छ ।

मन्त्री योगेश भट्टराई भन्छन्, “जुन रफ्तारमा काम गर्न खोजेका थियौं, कतिपय कारणले त्यसो हुन सकेन । सन्तोषजनक नभए पनि खराब भने छैन ।” उनका अनुसार सरोकारवाला निकायसँग समन्वय गरेर काम भइरहेकै छ । विशेष गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा वन मन्त्रालयसँग सहमति खोजिएको उनले बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि तीब्र गतिमा अघि बढेको र भनेकै मितिमा सम्पन्न हुने दाबी उनको छ । त्यसमा कोभिड–१९ जस्तो थप प्रतिकूल परिस्थिति नहुँदा सो लक्ष्य हासिल हुने उनको दाबी छ ।

भट्टराईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने नयाँ मितिसमेत सार्वजनिक गरे । विमानस्थलको निर्माण काम सन् २०२० को डिसेम्बर भित्र सम्पन्न हुने उनको दाबी छ ।

मन्त्रालयका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यस अवधिमा थप ३ प्रतिशत भौतिक प्रगति भएको छ । अहिले सो विमानस्थलको जम्मा ९१ प्रतिशत काम सकिएको छ ।

विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र जोड्ने लिंक ट्याक्सी वे निर्माण सकिएको छ भने रन वे लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको छ ।

यसैगरी टर्मिनल भवनमा एअर कन्डिसनिङ तथा अन्य उपकरण जडानसम्बन्धी काम जारी छ। मार्बल, टाइल र आलुमिनियम तथा रंगरोगनको काम पनि जारी छ ।

विमानस्थल बनाउन मेसिनरी तथा यन्त्र उपकरण आउने क्रम सुरू भएको छ । मुआब्जावापत् थप ५ करोड रूपैयाँ भुक्तान भएको छ।

विमानस्थल निर्माण कार्यमा २९ चिनियाँसहित २७५ जना कामदार निरन्तर परिचालित छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काममा थप ९ प्रतिशत भौतिक प्रगति भएको छ । विमानस्थल निर्माणको काममा जम्मा ५९ प्रतिशत प्रगति भइसकेको छ । पहुँच मार्ग, कार पार्किङ एरिया, टर्मिनल एरिया वरिपरिको रोडको सब वे र बेस कोर्स सम्पन्न भइ कडा सतह बनाउने काम भइरहेको छ । यसैगरी ढल र पिउने पानी प्रणालीका पाइप बिछ्याउने लगायत टर्मिनल भवन निर्माण र अन्य कार्य सुचारु छन् ।

विमानस्थल निर्माणमा अहिले २४४ जना चिनियाँ नागरिक र ९० जना नेपाली नागरिक कार्यरत छन् । जहाँ ११० वटा हेभी उपकरणमार्फत् काम भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति तथा विस्तारतर्फ उल्लेख्य काम भएको छ । दक्षिणको वे नं १ तर्फ थप ५ वटा वाइडबडी जहाज पार्किङ गर्न मिल्ने गरी एप्रोन निर्माण सम्पन्न भएको छ ।

यो काम बन्दाबन्दी सुरू हुन अगाडि ८० प्रतिशत प्रगति रहेकोमा हाल शतप्रतिशत काम सकिएको छ ।

दक्षिणतर्फ थप ३ सय मिटर धावनमार्ग र ३ सय मिटर रन वे निर्माण सम्पन्न भएको छ । बन्दाबन्दी सुरू हुन अगाडि ८२ प्रतिशत प्रगति रहेकोमा हाल सबै काम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय प्रस्थान तर्फ टर्मिनल भवन ९स्टेरलाइज्ड हल० नयाँ निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रियतर्फ प्रस्थान कक्षको टिकेटिङतर्फ एक्सरे र ब्यागेज ह्यान्डलिङ बेल्ट राख्ने काम सकिएको छ ।

आगमन कक्षतर्फ नयाँ आगमन कक्षको निर्माण सम्पन्न भएको छ । सो कक्षको केही प्राविधिक विषय पूरा गरेपछि सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा समानान्तर ट्याक्सी वे निर्माणका लागि एसियाली विकास बैंकसँगको सम्झौतालाइ अन्तिम रूप दिइएको छ । उत्तरतर्फ पार्किङ क्षेत्र विस्तारको ठेक्का लगाउने काम सकिएको छ ।

क्यानोपी थप गरी अन्तर्राष्ट्रिय टर्मिनलको क्षेत्र विस्तार गर्ने कार्य प्रारम्भ भएको छ । जग्गाको मुआब्जा वितरण सुरू भएको छ ।

आन्तरिक विमानस्थलतर्फ पार्किङस्थल तथा ट्याक्सी वेमा कालोपत्रे स्तरीकरणको काम सकिएको छ ।

यस अवधिमा निर्माणमा एप्रोन निर्माणतर्फ ४० जना जनशक्ति कार्यरत छन् भने बुटिक विमानस्थल निर्माणतर्फ ६० जना छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा तटबन्ध कार्यमा पनि सामान्य प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ । जुरिच अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक प्रस्ताव दिने म्याद सेप्टेम्बर २०२० सम्म थप गरी अन्तिम पटक म्याद बढाइएको छ । विमानस्थलको परिमार्जित गुरूयोजनाको आशयपत्र मूल्यांकन सम्पन्न भई रिक्वेस्ट फर पर्पोजल मूल्यांकनको चरणमा छ ।

तटबन्ध निर्माणतर्फ पसाहा खोलाको ३० प्रतिशत तटबन्ध ९३६५ मिटर० निर्माण सकिएको छ भने बकैया खोलाको ४० प्रतिशत तटबन्ध निर्माण सम्पन्न भएको मन्त्रालयको दाबी छ ।
विमानस्थल निर्माण क्षेत्रभित्रका रुख बुट्यानको छपानका लागि रूख बिरूवा गणना गर्ने काम सुरू भएको छ ।

आन्तरिक विमानस्थलहरुमा पनि यस अवधिमा उल्लेख्य भौतिक प्रगति भएको छ । जसअनुसार भरतपुर, बैतडी, धनगढी, डोटी विमानस्थलको रन वे ट्याक्सी वे एप्रोन कालोपत्रे गर्ने कार्य सकिएको छ । लकडाउन अघि ६५ प्रतिशतमात्र काम सकिएको थियो ।

जनकपुर, लुक्ला, तुम्लिङ्गटार विमानस्थलको टर्मिनल भवन निर्माण जारी छ । बझाङ, मसिनेचौरको भने रन वे ट्याक्सी वे एप्रोन कालोपत्रे गर्ने कार्य जारी छ । यसैगरी अर्घाखाँची, बलेवा, ताप्लेजुङमा माटो काट्ने कार्य सकिएको छ । जहाँ लकडाउन अघि ८० प्रतिशत काम सकिएको थियो ।

यसबाहेक कालीकोट, गुल्मी र इलाम विमानस्थलमा रन वे ट्याक्सी वे एप्रोनमा सब बेस तयार गर्ने काम निरन्तरता दिइएको दाबी मन्त्रालयको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC