site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भिडियोमा मेरो पनि असन्तुष्टि छ
Ghorahi CementGhorahi Cement

गीतकार तथा संगीतकार एकनारायण भण्डारी तीजको नयाँ गीत लिएर आएका छन् । ‘फरिया लरिलै बरिलै...’ बोलको गीतमा एकनारायणले गायिकाका रूपमा प्रिती आलेलाई लिएका छन् । एकनारायणको यो गीत आम रूपमा आइरहेका तीज लयभन्दा केही फरक छ । केही ठेट शब्द भए पनि प्रितीको शब्द उच्चारणले गीत निकै मोर्डन सुनिएको छ । मेलोडी टिपिकल भए पनि इलेक्ट्रिक गितार र शब्द उच्चारणले गीत मोर्डन सुनिएको एकनारायण बताउँछन् । उनले शब्द अनुसार उच्चारण र भिडियो नभएको स्वीकार गरेका छन् । उनै एकनारायण भण्डारीसँग बाह्रखरीले गरेको कुराकानी :
० ० ०

तपाईंले आफ्ना गीतमा गाली खानुपरेको यो पहिलोपटक हो ?
गाली पनि नभनौं होला । यसलाई प्रतिक्रियाका रूपमा बुझेको छु मैले । चलेका गीतमा यस्ता असन्नतुष्टि अलिअलि आउँछन् । पहिला सामाजिक सञ्जाल थिएन, त्यसैले यस्ता कुरा आउने ठाउँ नै थिएन । अहिले आफ्नो धारणा राख्न सजिलो छ । त्यसैले आफूलाई लागेको कुरा धेरैले राख्नुहुन्छ ।

तपाईंका कैयौं गीत रेकर्ड भएका छन्, तर यस्तो नकारात्मक प्रतिक्रिया आएका थिएनन् नि ?
हो । तर नकारात्मक मात्रै होइन सकारात्मक प्रतिक्रिया पनि आउँदैन थिए । कारण हाम्रोमा गायक–गायिका र मोडललाई मात्रै प्रतिक्रिया दिने चलन छ । ताली होस् या गाली त्यसको भागिदार गीतकार र संगीतकार कमै हुन्छन् । मैले लेखेका एउटै गीत करोडौंपटक हेरिएका छन् । तर त्यसको जसको भागिदार म कहिल्यै भएको छैन । तर यो गीतको केन्द्रमा म परेको छु । गीत भएन भनेर मलाई गाली गरिएको छ । तर ड्रेसअप भएन भनेर चित्त दुखाइ प्रिती आलेसँग गरिएको छ । 

Agni Group

दर्शकले गाली किन गरे, समीक्षा त पक्कै गर्नुभयो होला ?
शब्द संगीत खासै त्यस्तो केही छैन । लोक गीत–संगीतमा पनि आधुनिकीकरण भित्रिसकेको छ र दर्शक स्रोताले पनि स्वीकार गरिसक्नुभएको छ । आजकाल दोहोरी गीतमा आधुनिकीकरण भइसकेको छ ।
 
दोहोरी र तीज गीतमा त केही फरक होला नि ?
पक्कै पनि तपाईंले भन्नुभएको कुरा ठीक हो । पहिचानको कुरासँग जोडेर तुलना गरिएजस्तो लाग्छ ।
 
संस्कृतिसँग जोडिएको तीज गीतमा अलि बढी रक–पप मिसियो भन्ने अनुभूत गर्नु भएन ?
शब्द लेखनमा त्यस्तो भयो भन्ने मलाई लाग्दैन । माइत जान नपाएको, ढिकी जाँतो गर्नुपरेको, खोलाले बगाएको रोनाधोना गीत मात्रै ठेट नेपाली गीत हुन् भन्ने वर्ग पनि हुनुहुन्छ । त्यस्तो गीत यो पक्कै पनि होइन । यो ठट्यौली गीत हो । युवा पुस्ताकी युवतीले आफ्नो मनमा लागेको कुरा भनेको हो । आँगनीको डिल भत्कियो माली गाईको खुरले जस्ता गाउँठाउँको परिवेश र शब्द छन् । 

शब्दअनुसार गायिकाले शब्द उच्चारण पनि सामान्य तरिकाले गरिदिएको भए हुन्थ्यो । तर प्रितीले मोर्डन तरिकाले शब्द उच्चारण गर्नुभएको छ । यसले पनि फरक सुनियो होला । 

Global Ime bank

गीतको म्युजिक भिडियोको आलोचना भइरहेको छ, भिडियोले तीजको गीतको झल्को दिएन भन्ने गुनासो आइरहेको छ नि ?
प्रितीजीले साडी लगाउने तरिका र पफर्मेन्स गर्ने तरिकाप्रति आपत्ति हो जस्तो लाग्छ । 

भिडियोमा तपाईंको पनि असन्तुष्टि हो ?
हो । साडी लगाएर सामान्य पफर्मेन्स गरेको भए पनि हुन्थ्यो भन्ने मेरो धारणा हो । तर कमेन्ट गर्नेहरू पनि कति आफैं स्पष्ट हुनुहुन्न । कतिले त मलाई प्रिती आलेसँग काम नगरेको भए पनि हुन्थ्यो भन्नुभएको छ । उहाँका यसअघिका गीत विवादित भएकाले यस्तो सुझाव आएको हो ।

लोकगीतमा गीतार बजाउनु अहिले नौलो होइन । तर ड्रेसअप गर्दा पाइन्टमाथि साडी नलगाइदिएको भए हुन्थ्यो भन्ने म अहिले पनि भन्छु । 

तर गायनको जुन कुरा छ । लोकगीतमा लेग्रो तान्ने चलन छ । यो गीतमा प्रितीजीको जुन शैली आएको छ । यो युवा पुस्ताको आवाज भएकाले यसलाई पनि अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता छ । पुरानै लयमा गीत बनायो भने अग्रज स्रष्टाहरूले हाम्रोजस्तै भयो भन्ने गुनासो आउन सक्छ । नयाँ गर्न खोज्यो भने आधुनिक भयो भन्ने आलोचना हुन्छ । यसमा मेलोडी टिपिकल नै छ । गायन मात्रै मोर्डन भएको हो । युवा पुस्ताले गर्ने शब्द उच्चारणअनुसार उहाँले गर्नुभयो । त्यसमा इलेक्ट्रिक गितारको आवाजले फरक सुनियो । 

यो आलोचनालाई कसरी लिनुभएको छ ?
हावाले मर्काएको मकै झन् बलियो भएर खुट्टा टेकेर उठ्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC