site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 गिरिजाबाबुलाई सम्झँदा ! 

नेपाली राजनीतिका अग्ला व्यक्तित्व गिरिजाबाबुको आज असार १८ गते ९६ औं जन्मजयन्ती हो । उहाँलाई पहिलोपटक २०४५ सालमा साबिक गीतानगर — ४ देवनगरस्थित देव ज्योती निमाविमा लगाइएको धनधान्याञ्चल महायज्ञमा सर्वोच्च नेता गणेशमान सिंहसँगै आउँदा नजिकैबाट देख्न पाएँ । दोस्रो पटक २०४७ सालमा जनआन्दोलन २०४६ का प्रथम सहिद गणेश पौडेलका परिवारका सदस्यसँग भेटघाट गर्न चम्पानगर आउँदा देखेको थिएँ । तैपनि प्रत्यक्ष चिनजानको मौका पाइन । म जिल्लाकै विद्यार्थी गतिविधिमा सीमित थिएँ । 

पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कान्छो सन्तानका रुपमा १९८१  साल आषाढ १८ गते गिरिजाप्रसाद कोइरालाको जन्म भएको थियो  ।  परिवारै राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका पक्षमा सक्रिय रहेकाले गिरिजाबाबु बाल्यकालबाटै राजनीतिकरूपमा सक्रिय हुनुभयो । बाल्यकालबाटै गिरिजाबाबु दुःख कष्ट सहन सक्ने र जोखिम उठाउन तयार हुने निडर र स्वाभिमानी हुनुहुन्थ्यो । 

गिरिजाबाबुले २००३ सालमा नेपालकै पहिलो मजदुर आन्दोलनको नेतृत्व गर्नुभयो । नेपालको इतिहासमा पहिलोपल्ट विराटनगर जुटमिलमा मजदुर हडताल भएपछि उहाँ २००३ साल फाल्गुन २० गते मजदुर संगठनको अध्यक्ष चुनिनु भएको  थिए । हडतालमा संलग्न रहेको आरोपमा राणा सरकारले उहाँलाई बीपी कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी, गेहेन्द्रहरि शर्माहरूसँगै गिरफ्तार गरी २४ दिन हिँडाएर काठमाडौं गलिएको थियो । नेपालको सबै राजनीतिक परिवर्तनमा अग्रणी र उल्लेखनीय भूमिका खेल्नु भएको थियो । विसं २०४६ सालको राजनैतिक परिवर्तन पछाडि उहाँले पार्टी र सरकार दुवैमा प्रमुख भएर सञ्चालन गर्नुभयो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजा वीरेन्द्रको वंशनाशपछि गिरिजाबाबुमाथि दोहोरो दबाब पर्न थाल्यो । एकातिर तत्कालीन राजा ज्ञानेन्द्र शासनको अधिकार संसद्बाट राजदरबारमा केन्द्रित गर्न खोज्ने र अर्कातिर माओवादीको हिंसात्मक विद्रोहको आतंकबाट आक्रान्त नेपाली जनताको ठूलो संख्या त्यसबाट मुक्ति खोज्ने । अन्ततः राजाको चरम असहयोगपछि गिरिजाबाबुले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । यत्तिकैमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए । गिरिजाबाबु लोकतन्त्रको पुनःस्थापनाका लागि आन्दोलनमा होमिनु भयो । संसद्मा रहेका राजनीतिक दलहरूलाई साथमा लिएर उहाँ लोकतन्त्र फर्काउन र माओवादी हिंसाबाट जनतालाई मुक्त गर्न लाग्नुभयो  ।

तत्कालीन शाही सरकार उहाँको योजनामा मुख्य तगारोका रुपमा देखिएको थियो । तैपनि भारतको दिल्लीका गल्लीभित्र लुकेका माओवादी नेतालाई भेटी वार्ता गरी २०६२ मंसिर ७ गते माओवादी र सात दलबीच बाह्रबुँदे सहमती गर्नु भएको थियो । त्यसपछि २०६२ ०६३ को जनआन्दोलन सफल भयो । विघटित प्रतिनिधि सभा पुनःस्थापित भयो र गिरिजाबाबुको नेतृत्वमा सरकार गठन भयो । उहाँकै नेतृत्वमा अन्तरिम संविधान र अन्तरिम सरकार घोषणा भयो । गिरिजाबाबुले प्रधानमन्त्रीका साथै राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नुभयो । उहाँकै नेतृत्वको सरकार र द्वन्दरत माओवादीबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता सम्पन्न भयो २०६३ मंसिर १२ गते माओवादी पनि सरकारमा सामेल भयो  । यसरी एक दशक लामो आतंकको अन्त्य भएको थियो ।

Global Ime bank

त्यतिबेला गिरिजाबाबु भन्ने गर्नुहुन्थ्यो — यो राजनीति लडाइँमा जितेमा देशले जित्नेछ हारेमा मैलेमात्र हार्नेछु । अन्ततः देशले जित्यो । 

त्यसपछि विभाजित नेपाली कांग्रेसलाई एक जुट बनाउन लाग्नुभयो । विं २०६४ आश्विन ८ गते दुवै पार्टीबीच संयुक्त महासमितिको बैठकद्वारा विधिवतरुपमा पार्टी एक भएको घोषणा भयो । 

अन्तरिम संविधानअनुसार माओवादी लडाकु र हतियारको व्यवस्थापन र संविधान सभाको चुनाव गराउनु पर्ने दायित्व थियो । संयुक्त राष्ट्रसंघको प्रत्यक्ष निगरानीमा माओवादी लडाकु र हतियारलाई शिविरमा राखी संविधान सभाको निर्वाचन गर्ने दायित्वलाई गिरिजाबाबुले महत्त्व दिनुभयो । त्यतिबेला अनुगमन प्रतिवेदनअनुसार नेपाली कांग्रेस चुनावमा हार्ने जानकारी उहाँलाई आयो । तर, समयमै चुनाव नगराउँदा देशले हार्ने र चुनाव भए कांग्रेस हार्ने भयो । उहाँ कांग्रेस हारे पनि देशलाई जिताउन तयार हुनुभयो । फलस्वरूप, २०६४ चैत्र २८ गते प्रथम संविधान सभाको निर्वाचन भयो । 

गिरिजाबाबुकै बुद्धिमत्तापूर्ण प्रयासबाट प्रथम संविधान सभा बैठकले २०६५ जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । नेपाली कांग्रेस विपक्षमा बस्यो । तर, माओवादीको निरंकुश प्रवृत्तिमा लगाम लगाउने कार्यमा उहाँ नै अग्रसर हुनुभयो । पहिले राष्ट्रपति पदमा माओवादी उमेदवारलाई परास्त गराएर र प्रधान सेनापति काण्डपछि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर उहाँले माओवादीलाई पनि हैसियत बोध गराइदिनुभयो । अन्ततः २०६७ साल चैत्र ७ गते उहाँको देहावसान भयो । 

गिरिजाबाबु आज सबै नेपालीको मनमनमा हुनुहुन्छ । गाउँगाउँमा, झुपडी झुपडीमा बस्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको हृदयमा हुनुहुन्छ । तिनै गाउँगाउँमा बस्ने, झुपडी झुपडीमा बस्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताले सम्पूर्ण नेपालीको साथ लिएर, तपाईँको सुन्दर शान्त नेपाल, सुखी र स्वाभिमानी नेपाली बनाउने इच्छालाई पूरा गर्नेछन् ।

सचिव, नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवन 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC