site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तिज रक्सी खाएर मनाउँ कि दूध खाएर ! मेरो अधिकार होः ज्योती मगर (भिडियोसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली संगीत क्षेत्रमा अहिलेको चर्चित नाम हो, ज्योती मगर । सुरुमा गायिकाका रूपमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी ज्योती पछिल्लो समय गायनमा भन्दा पनि मोडलिङमा सक्रिय छिन् । यद्यपि, गाउन पनि छाडेकी छैनन् । 
ज्योतीले गाउन् वा  मोडलिङ गरुन्, उनको सधैँ आलोचना हुन्छ । त्यसैले पनि होला, उनलाई अब आलोचनाले छुन छोडिसकेको छ । तर पनि उनी आलोचना गर्नेलाई जवाफ दिन भने छाड्दिनन् । 
छोटा लुगा लगाएर भड्किलो नृत्य गरेको र गीतमा विवादास्पद, द्विअर्थी तथा सांस्कृतिक मान्यताविपरीत शब्द प्रयोग गर्ने गरेको उनलाई आरोप लाग्ने गरेको छ । त्यसो त पछिल्लो समय उनलाई हेरेर नै गीत लेख्न र गाउन थालिएको छ । उनी आफैं पनि भन्छिन्, “मलाई हेरेर मेरै लागि भनेर नै गीत लेख्छन् र गाउन लगाउँछन् । मेरो प्रोफेसन नै गाउने हो, गाइदिन्छु ।”  
ज्योतीले गाएका अधिकांश गीत विवादमा आउँछन् । उनले भर्खरै सार्वजनिक गरेको यो वर्षको तिज गीत पनि विवादमा आइसकेको छ । ‘यसपालीको तिजमा दरको साटो रक्सी खाइन्छ’ बोलको उनको गीत हाम्रो सामाजिक मान्यता विपरीत भएको भन्दै धेरैले आलोचना गरेका छन् । तर, उनी यसलाई स्वाभाविक मान्छिन् । “हाम्रो संस्कार नै अरुले गरेको कामको विरोध गर्ने हो । बेरोजगार भएको देशमा काम केही हुँदैन, अरुको खुट्टा तान्ने र आलोचना गरेर बस्ने हो,” उनको तर्क छ, “हिन्दू जनजागरण भन्ने संस्थाले विरोध गर्दैछ भन्ने सुनेकी छु । तर, यो कुनै धर्म वा जातिविरुद्ध गाइएको गीत होइन ।”
ज्योतीलाई आफ्नो गीतको आलोचनामात्रै होइन, आफ्नो नैसर्गिक अधिकार पनि आलोचकहरूले हनन् गर्न खोजेजस्तो लाग्छ । “म रक्सी खाएर तिज मनाउँ या दूध खाएर मनाउँ, त्यो मेरो अधिकारको कुरा हो । मलाई तिजमा रक्सी खाएर रमाइलो गर्न मन लाग्छ भने मैले रक्सी खान पाउँदिनँ ?” प्रतिप्रश्न गर्दै ज्योती अगाडि भन्छिन्, “कुनै पनि धर्ममा भनिएको छैन कि रक्सी खाने मान्छेले तिज सेलिबे्रट गर्न पाउँदैन र तिज मनाउँदा रक्सी खान पाउँदैन ?”
“हिन्दू धर्मलाई हेर्ने हो भने शिवजी गाँजाको पारखी हुन्, भैरवनाथलाई रक्सी नै चढाइन्छ,” ज्योती भन्छिन्, “मेरो गीतले कुनै पनि धर्मलाई लक्षित गर्दैन, यो मनोरञ्जनका लागिमात्रै हो । धर्म, संस्कार र संस्कृति म पनि मान्छु । मलाई पनि थाहा छ धर्म, संस्कार र संस्कृतिलाई चोट पुर्याउनु हुँदैन ।”
कालिञ्चोक डिजिटल नेपालले बजारमा ल्याएको यो वर्षको उनको तजि गीतमा ज्योती आफैंले मोडलिङ गरेकी छन् । अगस्ट दुईमा युट्युबमा अपलोड गरिएको गीत ८ तारिखसम्ममा ७९ हजार पटक हेरिएको छ । 
जति आलोचना र टिप्पणी भए पनि उनको माग गायन र मोडलिङमा बढ्दै गएको छ । देशभित्र तथा बाहिर हुने स्टेज शोमा उनकै माग बढी छ ।

 
 
  
 
  
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २४, २०७३  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC