site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
 कोरोना जन्तरले जन्माएको भ्रम 

अहिले कोरोनाभाइरस निको बनाउन बन्ने औषधिका बारेमा विश्वको चासो छ । संक्रमण रोक्न विकसित मुलुकहरु भाइरसविरुद्धको खोप निर्माणमा जुटिरहेका छन् । संसारभर यसको औषधिको खोजी हुँदा नेपालीले पनि विभिन्न उपाय खोज्नु अनौठो हैन । तर, कुनै औषधि वा यन्त्रले भाइरसको संक्रमण रोक्छ भनेर प्रचार गर्नुपूर्व त्यसलाई सम्बन्धित निकायले प्रमाणित गर्नु अनिवार्य हन्छ । 

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा दलका कार्यकारी अध्यक्षलगायत नेताहरुले ‘भाइरस रिमुभल कार्ड’ भन्ने परिचयपत्रजस्तो देखिने ‘जन्तर’ गलामा झुन्ड्याएर बैठकमा सहभागी भएको खबर तस्बिर र खबर विभिन्न सन्चार माध्यममा देखियो । 

भाइरस संक्रमणको त्रासले आत्तिएका बेला यस्तो ‘भाइरस रिमुभल कार्ड’ आयो भनेपछि म पनि कार्डको खोजी गर्नेतिर लागेँ । तर, यो कार्ड पनि प्रधानमन्त्री केपी ओलीको  बेसार वा हाछ्युँ जस्तै हावादारी उपाय त हैन भन्ने सन्देह पनि सँगै लाग्यो । यसैले यसको आधिकारिकताको खोजी गर्न थालेँ । कोरोना भगाउने कार्ड कुन देशले बनाएछ ? सम्बन्धित निकायले प्रमाणित गरेको हो की हैन रहेछ ? कति मूल्य पर्ने रहेछ ? कहाँ पाइने रहेछ ? परन्तु, कतै पनि कोरोना भगाउने कार्डको प्रामाणिकता सिद्ध गर्ने जानकारी भेट्न सकिन । 

Agni Group

छापामा आएको समाचारअनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एकजना नेतृको छोराको ‘बियोन्ड द वाल टे«डिङ कम्पनी’ले चीनबाट खरिद गरी ल्याएको कार्ड रहेछ नेकपाका नेताहरुले लगाएका । उक्त कार्डले भाइरस भगाउँछ भनेर कुनै आधिकारिक निकायले प्रमाणित गरेको पाइएन । यस्तै, आयात र विक्रीका लागि सम्बन्धित मन्त्रालयबाट अनुमति पनि लिएको रहेनछ । 

कोरोनाभाइरस संक्रमणविरुद्ध कुनै भरपर्दो औषधि र यन्त्र बनिनसकेको सम्बन्धीत विज्ञ तथा डाक्टरहरुले बताइरहेका छन् । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयकै प्रवक्ताले कथित ‘भाइरस रिमुभल कार्ड’मा राखिएको रसायनले मानछेको मुटु कलेजोमा गम्भीर असर गर्ने हुनाले प्रयोग गर्नु घातक हुने र अहिलेसम्म कोरोना भगाउने कुनै औषधि र यन्त्र नबनेको स्पष्ट शब्दमा बताए । साथै उनले यस्तो भ्रम नफैलाउन र भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । सायद, समाचार पढेपछि त नेकपाका नेताहरु लहै लहैमा लागेको पुष्टि भयो । कोरोना जन्तर लागाएर ढुक्कसँग कामधन्दामा लाग्ने मेरो सपना ध्वस्त भयो । 

Global Ime bank

राष्ट्रिय तहका सञ्चार माध्यममा सत्तारुढ दलका नेताले कोरोना भगाउने कार्ड लगाएको खबर पढेर २/४ अक्षर पढिटोपलेकहरू त भ्रममा परेर कार्डको खोजीमा र्दाडन तयार भइयो भने गाउँवासी जनसाधारण कति भ्रममा परे होलान् ? 

यस्ता कुरामा विश्वास गर्नुभन्दा पहिला त्यसको सत्यतथ्य र प्रमाणिकताका बारेमा बुझनुपर्ने रहेछ भन्ने नेताहरुले थाहा पनि पाउनुपर्छ । तातोपानी र बेसारले कोरोना भगाउँछ भनेको सुनेर दुनियाँ हाँसिरहेको बेलामा कोरोना भगाउने कार्ड लगाएर नेताहरुले फेरि दुनियाँ हसाए । 

कसैको व्यापार बढाउन यस्ता नचाहिने प्रायोजनको पछि लाग्नु पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिका लागि कत्तिको उचित हो ? यसरी नै कुनै सर्वसाधारण व्यक्तिले यो कोरोना भगाउने जन्तर हो भनेर विषालु रसायन भएको कार्डको प्रचार गरेको भए पक्कै पनि प्रहरीले हिरासतमा लिइसक्थ्यो होला । र, त्यस्तो प्रचार गर्ने मान्छेलाई मानसिक रोगी हो भन्दै मानसिक अस्पतालमा उपचारका उपचारका लागि पठाइन्थ्यो होला । तर, सत्तारुढ दलका नेताहरुलाई यसो गर्ने आँट प्रहरी प्रशासनले के गर्ला र ?

यहाँ त कोेरोना भगाउने कार्ड खरिद गर्न उर्दी जारी भएको भए पनि अचम्म मान्नुपर्ने थिएन । सरकारले प्रायः हचुवामै त काम गरिरहेको छ । 

अहिले त सामान्य जनतालाई कसैले कागजको पोको प्याक गरेर यो कोरोना भगाउने बुटी हो घरमा राख्यो भने त्यो घरका कसैलाई पनि कोरोनाले छुँदैन भन्यो भने पनि विश्वास गर्ने अवस्था देखिन्छ । यसरी सर्वसाधारण नै भ्रममा पर्ने गरी राजनीतिक नेताहरुले कोरोनाका विषयमा हल्का व्यवहार र ठट्टा नगरिदिएको भए हन्थ्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC