साहित्य
काठमाडौं । लोक दोहोरी गायिका मुना थापा मगरले गाएको ‘पानी पोके’ बोलको गीत सार्वजनिक भएको छ । महिलाहरुको पर्व तिजको अवसर पारेर मुना र पुरुषोत्तम सत्यालको स्वरमा उक्त गीत सार्वजनिक भएको हो ।
विनय चौधरीको शब्द र मधुकर थापाको संगीत रहेको गीत कमेडी बेसमा आधारित छ । स्मृति तिमलसेनाले निर्देशन गरेको मयुजिक भिडियोमा हाँस्य कलाकारहरु शुरवीर पण्डित, सुशीला निरौला, भिम केसी, प्रितिका पुन लगायतले अभिनय गरेका छन् ।
मुनाले गीत समाजको यथार्थ विषयलाई समेटेर रमाइलो तरिकाले प्रस्तुत गरिएको बताइन् ।
प्रकाशित मिति: सोमबार, साउन २४, २०७३ ११:४६
प्रतिक्रिया दिनुहोस्