site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोभिड — १९ नामक महाव्याधिको संक्रमण नियन्त्रणमा नेपाल सरकार अकर्मण्यमात्र हैन भ्रष्टाचारमा संलग्न भएको पनि देखियो । चिकित्सा सामग्रीको खरिदका क्रममा भए गरिएका क्रियाकलाप र अनियमितताबाट जनसाधारणसमेत असन्तुष्ट एवं आक्रोशित भए । यही असन्तोष अभिव्यक्त गर्दै कोभिड—१९ को संक्रमण नियन्त्रण सुव्यवस्थितरूपमा गर्न र भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीको माग राखेर देशभरका युवाले विरोध प्रदर्शन गरेका थिए । सरकारले विरोध प्रदर्शनको दबाबमा कोभिड—१९ का सन्दर्भमा भएको खर्चको विवरणसम्म त सार्वजनिक गर्यो तर पीसीआर परीक्षणलगायतका मागहरू भने पूरा गरेन । यही ‘इनफ इज इनफ’ अभियानमा संलग्न अभियन्ता इसान ’ई’ समेतका तीन जना युवा शुक्रवारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै अनशनमा बसेका छन् । उनीहरूमध्ये एक जना बिरामी परेपछि सोमबार राति काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याइएका छन् । उनीहरूले चलाएको ‘इनफ इज इनफ’ अभियानका क्रममा भएका विरोध प्रदर्शनमा राजनीतिक दल र तिनका भातृ संगठनहरूले गर्ने विरोध प्रदर्शनमा जस्तो विध्वंश भएन । प्रहरीले अनावश्यक बल प्रयोग गरेर धरपकड, तथा दमन गर्दा पनि युवा प्रदर्शनकारी शान्त र सभ्य देखिए । 


दुर्भाग्य, सरकारले यी अनशनरत युवासँग वार्ता र तिनको माग पूरा गर्नेतर्फ अग्रसरता देखाएको छैन । हुनत ‘राजनीतिक शक्ति बन्दुकको नालबाट उत्पन्न हुन्छ’ भन्ने हिंसात्मक अधिनायकवादमा विश्वास राख्ने र हिंसात्मक विधिबाटै राजनीतिमा स्थापित भएकाहरूले सत्तामा रहेका बेला सत्याग्रहलाई शासनलाई चुनौती दिने ‘दुस्साहस’मात्र पनि ठान्न सक्छन् । तर, नेपालको संविधान, २०७२ र नेपाली जनताले रोजेको लोकतान्त्रिक शासन व्यवस्थामा सत्याग्रह राजनीतिक विद्रोहको उत्तम उपाय हो । यसैले कोभिड—१९ को संक्रमण नियन्त्रणमा सरकारको भूमिकाप्रति असन्तुष्टि प्रकट गर्दै महामारी नियन्त्रणमा कुशल व्यवस्थापनको माग राखेर अनशनमा बसेका युवाप्रति राज्य र समाज संवेदनशील हुनुपर्छ । उनीहरूले राज्यले पूरा गर्न नसक्ने र शासन व्यवस्थामा खलल पार्ने माग राखेका छैनन् । अझ, वास्तविकता त के हो भने उनीहरूका माग पूरा गर्नेपर्ने प्रकारका छन् । कोभिड—१९ को महामारी फैलन नदिन सही प्रकारले व्यवस्थापन गरियोस् र भरपर्दो पीसीआर विधिबाट मात्र परीक्षण गरियोस् भन्ने माग नेपाललाई संक्रमणको जोखिमबाट जोगाउन नै उपयोगी हुन्छ ।  
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले नै लोकतान्त्रिक विधिको कदर गर्दै अनशनकारी युवासँग संवाद गरी उनीहरूका माग पूरा गर्नु सबैभन्दा उत्तम उपाय हुन्थ्यो । सिद्धान्त जे भए पनि लोकतान्त्रिक विधिबाट सत्तामा पुगेको र देशको शासन व्यवस्था पनि लोकतान्त्रिक नै भएकाले अहिलेको कम्युनिस्ट सरकारले पनि यस्ता शान्तिपूर्ण आन्दोलन, सत्याग्रहप्रति बेला नघर्कँदै ध्यान दिनुपर्ने हो । चर्को दबाब नपर्दासम्म अहिलेको सरकारले सत्याग्रहको उपेक्षा नै गर्ने सम्भावना बढी देखिन्छ । यसैले लोकतान्त्रिक विधिमा विश्वास गर्नेहरूले अनशनकारीप्रति नैतिक समर्थन जनाएर सरकारमाथि दबाब उत्पन्न गर्नु आवश्यक देखिएको छ । बेला बिते पछिमात्र तात्ने प्रवत्ति छाडेर युवा आन्दोलनकारीहरूले पनि सत्याग्रहीका पक्षमा जनसमर्थन देखाऊन् । जनताको बृहत् हितको लक्ष्य राखेर सत्याग्रहको विधि अपनाएका युवाप्रति राज्यमात्र हैन समाज पनि गम्भीर र संवेदनशील हुनुपर्छ ।  उनीहरूसँग असहमत हुनुपर्ने कुनै राजनीतिक माग पनि छैन । यसैले पनि विवेक हुनेहरूले राजनीतिक विभाजन र आग्रहभन्दा माथि उठेर यी सत्याग्रही युवाको समर्थन गर्नुपर्ने देखिन्छ । हिंसा र विध्वंशको बाटो छाडेर शान्तिपूर्ण परिवर्तनको ढोका खोल्न लागेका युवाले नै देशको गन्तव्य तय गर्नेहुन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC