विशेष
काठमाडौं । सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको उनको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७ २१:२१
प्रतिक्रिया दिनुहोस्