site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोरोना नियन्त्रणका लागि सार्वजनिक ठाउँमा एसएमएस विधि लागु गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले सार्वजनिक ठाउँमा जाँदा एसएमएस विधिलाई अनिवार्य लागु गर्न निर्देशन दिएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एस अर्थात सामाजिक दूरी, एम अर्थात् मास्क अनिवार्य र एस अर्थात् स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको हो । 

पालना भएनभएको अनुगमन गर्ने जिम्मा सुरक्षा निकायलाई दिइएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“आज बसेको मन्त्रिपरिषद् बैठकले एसएमएस विधिलाई प्रभावकारीरूपमा लागु गर्ने निर्णय गरेको छ । साथै लकडाउनलाई यही स्वरूपमा साउन ७ गतेसम्म कायम राख्ने, अन्तर्राष्ट्रिय उडान र सीमा नाका पनि साउन ७ गतेसम्म रोक्ने निर्णय भएको छ,” एक मन्त्रीले बाह्रखरीसँग भने । 

उनकाअनुसार सङ्क्रमणको उच्च जोखिममा रहेका क्षेत्रमा अहिलेकै स्वरूपलाई कायम राख्ने निर्णय भएको छ ।  जोखिम कम देखिएका जिल्ला, क्षेत्रमा क्रमशः खुकुलो बनाउँदै जाने र त्यसको जिम्मा स्थानीय तह र प्रदेशलाई दिने निर्णय गरेको छ । 

Global Ime bank

“स्थानीय तह, प्रदेशले जोखिमको अनुमान गरेर खुकुलो, कडा बनाउन सक्नेछन्, त्यसका लागि डीसीसीएमसी, पीसीसीएमसी र कोरोना सङ्कट व्यवस्थापन केन्द्र सीसीएमएसीसँग समन्वय गर्नुपर्नेछ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC