Skip Advt.

क्वारेन्टिन विषयमा कला प्रतियोगिता हुँदै

क्वारेन्टिन विषयमा कला प्रतियोगिता हुँदै

काठमाडौं । रोटराक्ट क्लब अफ पाटन साउथले “आर्टिस्ट इन क्वारेन्टिन” नामक आर्ट फेस्टिभल आयोजना गर्ने भएको छ । भारतस्थित रोटराक्ट क्लब अफ अम्बरनाथ, मुम्बई र रोटराक्ट क्लब अफ इस्ट कोस्ट चेन्नईसँगको सहकार्यमा यस्तो कार्यक्रम आयोजना हुन लागेको हो ।

क्लबले कोभिड(१९ महामारी र क्वारेन्टिन को बिषयलाई आफ्नो रेखाचित्र, स्केच, पेन्टिङ र डिजिटल आर्टद्वारा कलात्मक दृष्टिकोण प्रदान गर्न कलाकारहरुलाई आग्रह पनि गरेको छ ।

कलाकारहरुले आफ्नो कलामा कोभिड(१९ महामारीले गर्दा जीवन शैली र आर्थिक गतिविधिमाआएको परिवर्तन, बन्दाबन्दिमा घटेका घटनाहरु र आइसोलेसन वार्डमा समय बिताइरहेका मानिसहरुको भावनालाई समेट्न सक्ने विश्वास लिइएको छ । कलाकारहरुले असार २८ भित्रमा आफ्नो कलाकृति पठाई सक्नु पर्नेछ।
 

प्रतिकृया दिनुहोस
ad