साहित्य
काठमाडौं । हास्य कलाकार शिवहरि पौडेलले गीत गाएका छन् । ‘चिया सँग चुरोट...’ बोलको गीतमा शिवहरिको स्वर सुन्न सकिन्छ । उनलाई समीक्षा अधिकारीले साथ दिएकी छिन् ।
सुन्दर पन्तको शब्द रचना रहेको गीतमा संगीत बबुल गिरीले भरेका छन् ।
विकास फिरोज र मनिषा श्रेष्ठ फिचर्ड भिडियो नबराज उप्रेतीले खिचेका छन् । शिवहरि पौडेलले भिडियो निर्देशन गरेका छन् ।
‘चिया सँग चुरोट...’ बोलको प्रेमिल गीत आज पौडेलले आफ्नो युट्युब च्यानलमार्फत आज सार्वजनिक गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७ १५:३७
प्रतिक्रिया दिनुहोस्