site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिंहको शोकमा सम्पूर्ण कार्यालय बन्द
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गत सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ । सिंहको शोक सभामा राखेपअन्तर्गत केन्द्रीय, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति सोमबार बन्द गर्ने जानकारी गराइएको हो ।

सो अवसरमा राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले सिंह प्रशासक र खेलाडीका रुपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवार प्रतिहार्दिक समवेदना व्यक्त गरे ।

Agni Group

त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित शोक सभामा सदस्य-सचिव सिलवालसहित वरिष्ठ अधिकृत कमल खनाल, प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्‍नेत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कर्मचारीलगायतले सिंहको तस्बिरमा पुष्पगुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सिंहको गत शुक्रबार राति छाउनीस्थित निवासमा निधन भएको थियो । राखेपका सातौं सदस्य-सचिव रुपमा सिंहले २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC