site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आधुनिकताले खोसेको बालापन

बाल्यकाल जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो । आफ्ना सन्तान सबैभन्दा अगाडि हुन् भन्ने सबै आमाबाबुको सपना हुन्छ । यो सपना पूरा गर्न उनीहरु आफू जस्तोसुकै दुःखपीडा सहनसमेत तयार हुन्छन् । भनिन्छ, बालबालिका काँचो माटोजस्ता हुन्छन् जस्तो आकार दिन खोज्यो उस्तै बन्ने । तर, यसो भन्दैमा अभिभावकले बालबालिकाको स्वतन्त्रता नै हनन गरी तिनको उमेर र ज्ञानले थेग्न नसक्ने विषयमा जबर्जस्ती गर्न भने हुँदैन ।

सूचना प्रविधिको विकाससँगै मोबाइल र इन्टरनेट जविनको अभिन्न अंग बनेको छ । ससाना बालबालिकालाई भुलाउन भिडियो देखाउने र गेम खेल्न लगाउने चलन बढेको छ । आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेलाउन दिने अभिभावक धेरै छन् । विद्यालय जाने उमेरका अधिकांश बालबालिका फेसबुक चलाउन र भिडियो गेम खेल्न खप्पिस भइसकेका हुन्छन् । । दिनरात मोबाइलमा फेसबुक र गेम हेर्दा बालबालिकाको सृजनशीलता न्यून भएको छ । बालबालिकाको उमेर शारीरिक, मानसिक र सामाजिकरूपमा पनि विकास हुनुपर्ने समय हो । तर, यस्तो महत्त्वपूर्ण समयमा मोबाइलमा व्यस्त हुँदा बालबालिकाको सर्वांगीण विकासमा नकारात्मक असर गर्छ । बालबालिकालाई खुवाउने, भुलाउने, गृहकार्य गराउने निहुँमा मोबाइल प्रयोग गर्न दिइँदा तिनको भविष्य बर्बाद भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बालबालिकाको ७९—८० प्रतितश दिमागको विकास  ३देखि ५ वर्षभित्र हुने गर्छ । यस समयमा उनीहरु हिँड्न, बोल्न, पढ्न, लेख्न सिक्छन् । तर, दिनरात फोनमा  भुल्दा उनीहरुको  शारीरिक र मानसिक बिकासमा निकै ठूलो असर पर्न सक्छ । 

अर्कोतर्फ अहिले सामाजिक संजालमा आफ्ना बालबालिकाको प्रसारप्रचार गर्ने  एक किसिमको लहर चलेको देखिन्छ । पहिले ‘बच्चा पाउने कहिले कहिले भोटो सिउने पहिले’ भन्थे अब ‘बच्चा पाउने कहिले कहिले फेसबुक बनाउने अहिले’ भन्नुपर्ला जस्तो भएको छ ।  आजभोलि  ५ वर्षभन्दा कम उमेरका ससाना बालबालिकालाई जबर्जस्ती टिकटकमा फिल्मका भड्किला डाइलग र  उनीहरुले बुझ्दै नबुझ्ने गीतहरूमा अभिनय गर्न लगाइन्छ । त्यत्तिमात्र होइन अझै तिनलाई सिंगारपटार गराएर लिपिस्टिक, सिन्दुर, पोते, सारी,  चुरा सबै लगाइदिएर हुँदाहुँदा केटालाई केटी बनाएरसमेत अभिनय  गर्न लगाइन्छ । त्यसैगरी  युट्युबमा डरलाग्दा कार्टुन र  भिडियोहरु देखाउँदा बच्चाहरु एकछिन रमाए पनि उनीहरूको मस्तिष्कमा नकारात्मक असर पर्न सक्छ। यसरी कलिलो उमेरका बालबालिकालाई  यस्ता  विषय सिकाएर अभिभावकहरुले आफ्ना सन्तानलाई कुन  दिसामा धकेलिरहेका छन् भन्नेमा उनीहरु अनभिज्ञ देखिन्छन् ।  बालबालिकालाई  सङ्गीत , चित्रकला, कविता, कथा निबन्ध, वादविवादजस्ता सिर्जनशील  पक्ष सिकाउन अभिभावकले समेत बिर्सिन थालिसके जस्तो लाग्छ ।             

Global Ime bank

नर्सरीमा, केजीमा ९५ प्रतिशत ल्याएको छोराछोरीको मार्कसिटको फोटो खिचेर फेसबुकमा हाल्नु कतिको उचित हुन्छ होला ? एकपटक सोचौँ त । देखासिकी गरेर आफ्ना सन्तान कोहीभन्दा कम छैनन् भन्न कतिपय अभिभावकले छोराछोरीको नामबाट विभिन्न लेख लेखेर प्रकाशन समेत गरेको देखिन्छ । यसरी ७ —८ वर्षका बच्चाको नामबाट भारी र निकै अफ्ठेरा शब्द प्रयोग गरेर  ठूलो मान्छेले लेखेजस्तो लाग्ने लेख विभिन्न अनलाइन मिडियामा देख्न पाइन्छ । यस्तो देखावटी  प्रवृत्तिले गर्दा बालबालिकाको सिर्जनशीलतामा ठूलो चुनौती आउने सक्छ ।        

आधुनिक बनाउने निहुँमा कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई अंग्रेजी  भाषामात्र बोल्न लगाउँदा उनीहरु नेपाली भाषामा कमजोर भएको पाइन्छ । अहिले सहरका अधिकांश निजी स्कुलमा हेर्ने हो भने प्रायः बालबालिकाको नेपाली विषय कमजोर भएको देखिन्छ। अग्रेजीमा पोख्त बच्चाहरु नेपाली शब्द राम्रोसँग उच्चारण गर्न र लेख्न जान्दैनन् । 

अआफ्ना छोराछोरीलाई राम्रो बनाउने निउमा नचाहिने तडकभडक  र देखावटीपनबाट टाढा हुन जरुरी छ । अरूको देखसिकी गरेर बालबालिकालाई  मोबाइल खेलाउन दिनुको सट्टा खेलौना किनिदिने, चित्रहरू कोर्न, गीत गाउन, नाच्न लगाउन पनि सकिन्छ । बालबालिकालाई साथीहरुसँग  घुलमिल हुन, आफन्तहरुसँग चिनजान गर्न, ठूलालाई आदर गर्न र सानालाई माया गर्न सिकाउनुपर्छ । यस्तै अभिभावकले आफ्ना छोराछोरीलाई प्रशस्त समय दिने, गृहकार्य गर्न सघाउने, सामान्यरूपमा घरबाहिर घुमफिर गर्न लग्ने गरेर पनि मोबाइलको कुलत छुटाउन सकिन्छ । सिर्जनशील बनाउनका लागि बालबालिकालाई छलफलमा सरिक गराउन र तिनको जिज्ञासालाई खुल्ला मनमस्तिस्कले सम्बोधन गर्नुपर्छ ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC