Skip Advt.

काभ्रेमा बुद्धचित्त लुटपाट गर्न आएको समूहद्वारा आक्रमण, चारजना घाइते

बाटोमा राखिएको बम सेनाद्वारा डिस्पोज

काभ्रेमा बुद्धचित्त लुटपाट गर्न आएको समूहद्वारा आक्रमण, चारजना घाइते

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका ५, सिपालीमा बुद्धचित्त लुटपाट गर्न आएको समूहले गोली चलाएको छ । 

आज बिहान ३५ जनाको समूहमा आएको लुटेरा समूहले बुद्धचित्तको रूखको सुरक्षामा बसेकामाथि आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आक्रमणबाट चारजना घाइते भएको वाग्मती प्रदेशका प्रहरी प्रमुख (डीआईजी) वसन्त लामाले जानकारी दिए । बुद्धचित्तको माला महँगो मूल्यमा कारोबार हुँदै आएको छ । “अहिले नै बुद्धचित्त तयार भइसकेको थिएन । उनीहरूले रूखमा क्षति पु¥याएका छन् । केही नोक्सानी पनि भएको छ,” डीआईजी लामाले भने, “घटनास्थलमा कटुवा पेस्तोलको गोलीको खोका भेटिएको छ । लुटेरा समूहको खोजी तीव्र पारेका छौं ।”

सोही समूहले आक्रमण गरिसकेपछि सिपाली जाने बाटोमा पर्ने खाल्टेमा बमसमेत राखेको पाइएको छ । डीआईजी लामाका अनुसार बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
 

प्रतिकृया दिनुहोस
ad