site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपको अपत्यारिलो फड्को
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन्दीप लामिछाने, नेपाली क्रिकेट टोलीका एक मुख्य खेलाडी हुन् । विगत केही वर्षदेखि सन्दीपले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि क्रिकेटबाट बेग्लै पहिचान बनाउन सफल भएका छन् । 

उनले नेपाली टोलीका लागि पनि धेरै खेलमा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाली यू-१९ क्रिकेट टोलीबाट आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्दीपलाई राष्ट्रिय टोलीमा पर्न भने धेरै संघर्ष गर्नुपरेन । 

सन्दीपले राष्ट्रिय टोलीबाट जुन पहिचान बनाए त्योभन्दा धेरै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूबाट उनी सफल देखिए । सफलता र पहिचानसँगै उनको आर्थिक पाटो पनि जोडिएको छ । जति-जति सन्दीपले अन्तर्राष्ट्रिय स्तरका लिगहरू खेल्दै जान्छन् उनको कमाइको स्रोत पनि उति नै बढ्दै गएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी लामो समयसम्म अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलिरहे भने उनी धनी खेलाडीको सूचीमा स्थापित गर्नसमेत सफल हुनेछन् । हाल उनी नेपालमै धनी खेलाडीको सूचीमा पर्छन् । सानो उमेरमै विश्‍व क्रिकेटमा एक उचाइ चुमिसकेका सन्दीप अझै सफल बन्ने तयारीमा छन् । उनी विश्‍वस्तरका ठूला लिगहरूमा अनुबन्ध हुँदै राम्रो खेल जीवन बनाउने योजनामा छन् । 

सन्दीपको सफलताका पछाडि दुई वर्ष विभिन्‍न फ्रेन्चाइज लिग र राष्ट्रिय टोलीबाट गरेको प्रदर्शन नै मुख्य मानिन्छ । पछिल्लो समय सन्दीप अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिताकै उत्कृष्ट खेलाडीको सूचीमा पर्न सफल भएका छन् । सन् २०१८ देखि उनले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरूमा आफ्नो खेल क्षमतासँगै आर्थिक रूपमा पनि आफूलाई बलियो बनाइरहेका छन् । 

Global Ime bank

सन्दीप विश्‍वचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) बाट टी-ट्‍वान्टी फ्रेन्चाइज लिगमा डेब्यू गरे । त्यसपछि उनले विश्‍वस्तरका फ्रेन्चाइज लिगहरूमा अनुबन्धका लागि फर्केर हेर्नुपरेन । आईपीएलमा पहिलोपटक अनुबन्ध हुँदा उनको मूल्य भने जम्मा २० लाख भारु थियो । उनी आईपीएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भए । 

पछिल्लो केही वर्षको प्रदर्शनका कारण सन्दीप अहिले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा एक लाख पाउन्डभन्दा धेरै रकममा अनुबन्ध हुने खेलाडीका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । भारतीय क्लब दिल्ली डेयरडेभिल्समा सन्दीपले करिव तीन वर्षको सम्झौता गरेका छन् । यो उनको अन्तिम सम्झौताको वर्ष हो । तर, कोरोनाका कारण आईपीएल हुने नहुने अनिश्चित छ । 

सन्दीप गत कात्तिकमा दी हन्ड्रेड बलमा करिब एक करोड ४७ लाख नेपाली रुपैयाँमा अनुबन्धित भए। दी हन्ड्रेड बलमा सन्दीपलाई ओभल इन्भिन्सिबलले एक लाख पाउन्डमा अनुबन्ध गर्‍यो । दी हन्ड्रेड बलको ड्राफ्टमा एक लाख २५ हजार पाउन्डको समूहपछि सन्दीप रहेको समूह दोस्रो महँगो थियो । पछिल्लो केही महिनाको अवधिमा विभिन्‍न टी-ट्‍वान्टी खेल खेल्दै सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा सन्दीपले आफूलाई उभ्याएका छन् । अनुबन्धन भए पनि कोरोनाका कारण लिग स्थगित हुँदा उनले अनुबन्धित बाफतको रकम पाएनन् ।

सन्दीपको २०१८ मा आम्दानी 
सन्दीपले क्यानडा ग्लोबलमा ४० हजार डलरमा अनुबन्ध भएका थिए । उनी २०१८ मा सो क्लबमा अनुबन्ध भएका हुन् । त्यस्तै उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पाँच हजार डलरमा अनुबन्ध भए । उनी अफगानिस्तान प्रिमियर लिगमा पनि १५ हजार डलरमा अनुबन्ध भए । त्यसयता उनी यूएईको टी-टेन लिगमा ३० हजार डलरमा अनुबन्ध भए । 

सन्दीप अस्टे«लियामा आयोजना हुने बिगबास लिगमा पनि ६० हजार डलरमा अनुबन्ध भए । सन्दीप बंगलादेश प्रिमियर लिगमा पनि सोही रकममा अनुबन्ध भए । उनी पाकिस्तान सुपर लिग पीसीएलमा ५० हजार डलरमा अनुबन्ध भए । यसरी हेर्दा सन्दीप २०१८ मै नेपालको सर्वाधिक धनी खेलाडीमा आफ्नो पहिचान बनाएका थिए । 

सन्दीपको २०१९ मा आम्दानी 
सन्दीप लामिछानेले सन् २०१९ मा २० लाख भारतीय रुपैयाँ आम्दानी गरे । त्यसपछि उनी यूएईमा ४५ हजार डलरको आम्दानी गर्न सफल भए । पहिलो सिजनमा उनी टी-टेन लिगमा ३० हजार डलर कमाएका छन् । एउटै वर्षमा उनले करिब १५ हजार डलरको फरकमा अनुबन्ध हुन सफल भए । 

हालसम्मको महँगो मूल्य पनि दी हन्ड्रेड बल बेलायतको एक लाख पाउन्डमा अनुबन्ध हुन उनी सफल भए ।

सन्दीपको २०२० मा आम्दानी 
सन्दीपले २०२० मा पनि आईपीएलमा खेल्नेछन् । कोरोना भाइरसका कारण स्थगित हुँदा खेल सुरु हुन भने सकेको छैन । सन्दीपले यो सिजन पनि आईपीएलमा २० लाख भारतीय रुपैयाँ  पाउनेछन् । 

सन्दीप वेस्ट इन्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्‍वान्टी क्रिकेटको ड्राफ्टमा परिसकेका छन् । तेस्रोपटक ड्राफ्टमा परेका सन्दीपले ड्राफ्टमा आफ्नो नाम ९० हजार अमेरिकी डलरको (१ करोड ८ लाख नेपाली रुपैयाँ) सूचीमा राखेका छन् । 

सन्दीप अहिलेसम्म आबद्ध भएका लिगमा उनको आम्दानी
२०१८- आईपीएल (भारत) - २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०१८ - ग्लोबल टी-ट्‍वान्टी (क्यानडा) - ४० हजार अमेरिकी डलर
२०१८- क्यारेबियन प्रिमियर लिग (वेस्ट इन्डिज) - ५ हजार अमेरिकी डलर
२०१८ अक्टोबर - अफगानिस्तान प्रिमियर लिग (अफगानिस्तान) - १५ हजार अमेरिकी डलर
२०१८ नोभेम्बर - टी-टेन लिग (यूएई) - ३० हजार अमेरिकी डलर
२०१८ डिसेम्बर - बीबीएल (अस्ट्रेलिया) - ६० हजार अमेरिकी डलर
२०१९ जनवरी - बीपीएल (बंगलादेश) - ६० हजार अमेरिकी डलर
२०१९ फेब्रुअरी - पीएसएल (पाकिस्तान) - ५० हजार अमेरिकी डलर
२०१९ मार्च - आईपीएल (भारत) - २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०१९ अगस्ट - ग्लोबल टी-ट्‍वान्टी (क्यानडा) - ६० हजार अमेरिकी डलर
२०१९ सेप्टेम्बर- क्यारेबियन प्रिमियर लिग (वेस्ट इन्डिज) - ७० हजार अमेरिकी डलर
२०१९ नोभेम्बर- टी-ट्‍वान्टी लिग (यूएई) - ४५ हजार अमेरिकी डलर
२०१९ डिसेम्बर- बीबीएल (अस्ट्रेलिया) - ६० हजार अमेरिकी डलर

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC