काठमाडौं। जापानका सम्राट अकिहितोले अाज (सोमबार) गद्दी त्यागको घोषणा गर्ने अनुमान गरिएको छ । सीएनएनका अनुसार ८२ वर्षीय सम्राटले सोमबार टेलिभिजनमार्फत् सम्बोधन गर्ने कार्यक्रम छ । जापाका अालङ्कारिक शासकले बिरलै यसरी सम्बोधन गर्छन् ।
उनले खासमा के भन्नेछन् भन्ने त गोप्य नै राखिएको छ तर स्वास्थ्यका कारण राजगद्दी त्याग गर्ने घोषणा गर्लान् भनेर धेरैले अनुमान गरेका छन् । जापानको संविधानमा भने सम्राटले यसरी गद्दी त्याग गर्ने व्यवस्था नभएको सीएनएनले जनाएको छ । उनले गद्दी त्यागको घोषणा गरे भने २ सय वर्षमा यो पहिलो घटना हुनेछ ।
जापानका सञ्चार माध्यमहरूले त्यहाँको समयअनुसार मध्याह्न १२ बजे सम्राट अकिहितोको रेकर्ड गरिएको टेलिभिजन वक्तव्य प्रसारण गर्ने तयारी गरिरहेको पनि सीएनएनले जनाएको छ ।