बाह्रखरी कथा
काठमाडौं । बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ । कथामा प्रथम भएकी सिराहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
वैशाख १२ मा विजेता घोषणाको तयारी भए पनि लकडाउनका कारण हुन सकेको थिएन । सोमबार काठमाडौंको चन्द्रागिरिबाट विजेताहरुको नाम अनलाइन घोषणा गरिएको थियो । दोस्रो स्थानमा वीरगन्जका श्रेयज सुबेदीको ‘बेजोडा’ शीर्षकको कथा छानिएको छ भने तेस्रो स्थानमा काभ्रे तेमालका दीपेन्द्र दोङ तामाङको कथा ‘बुलेट बाइक’ रहेको छ । दोस्रो र तेस्रो हुने कथाकारलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ प्रदान गरिएको छ ।
विजेता घोषणासभाका केही तस्बिर
प्रकाशित मिति: बुधबार, असार १०, २०७७ १०:१७
प्रतिक्रिया दिनुहोस्