site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । आधा शताब्दीभन्दा बढी शत्रुतापूर्ण सम्बन्ध रहेका क्युबा र अमेरिकाबीच सम्बन्धमा सुधार हुन थाल्दा केही क्युबालीलाई भने पीर परेको छ । अहिले क्युबालीहरू जसरी भए पनि अमेरिका छिरे हुन्छ । उनीहरूसँग वैध आप्रवासीसरह व्यवहार गर्ने सन् १९६० ताकाको कानुन अझैसम्म खारेज भएको छैन । अरू मुलुकबाट त्यसरी गएमा भने अवैध आप्रवासी मानिन्छ । दुई देशबीच सम्बन्ध सुधार भएमा पुरानो कानुन खारेज हुने डरले अमेरिका जान चाहने क्युबालीलाई पिरलो थपिएको हो । यसैले अहिले हजारौं क्युबालीहरू बितेका दुई वर्षमा अमेरिका छिरिसकेका छन् र दिनहुँ लुकिछिपी अमेरिका छिर्नेहरूको संख्या बढिरहेको छ । 
उता क्युबा सरकारले अमेरिकाको खुकुलो नीतिका कारण क्युबालीहरू अवैधरूपमा अमेरिका जानेक्रम ह्वात्तै बढेकोमा  आइतबार चिन्ता प्रकट गरेको छ । रोयटरले जनाएअनुसार क्युबाले अमेरिकामाथि गैरकानुनी आप्रवासनलाई प्रोत्साहन दिएको आरोप पनि लगाएको छ ।  
अमेरिका जाने क्रममा कोलम्बिया पुगेका १४ जना क्युबालीहरूलाई फिर्ता पठाइएपछि क्युबा सरकारले आइतबार जारी गरेको विज्ञप्तिमा उनीहरूलाई 'आप्रवासनको राजनीतिकरण गर्ने अमेरिकी सरकारको गलत नीतिको पीडित' भन्दै अमेरिकी सरकारले 'असुरक्षित र अवैध आप्रवासन'लाई दुरुत्साहित गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो नीति सम्बन्ध सुधार गर्ने प्रकियासँग मेल खाँदैन ।
कोलम्बिया सरकारले एक हजार जनाभन्दा बढी क्युबाली अवैधरूपमा आफ्नो मुलुकमा पुगेको जनाएको थियो । क्युबालीहरू पहिले सजिलै पुगिने छिमेकी मुलुकहरूमा जाने र त्यहाँबाट मानव तस्करको सहयोगमा वा अरू उपायद्वारा अमेरिका छिर्ने गर्छन् । 
पिउ रिसर्च सेन्टरलाई उद्धृत गर्दै रोयटरले जनाएअनुसार सन् २०१६ मा ४६ हजार ५०० क्युबालीहरू भिसा नलिई अमेरिका पुगिसकेका छन् । सन् २०१५ मा यो संख्या ४३ हजार थियो भने २०१४ मा त २४ हजारभन्दा केही बढीमात्र थियो । 
अमेरिकी समुद्री सीमारक्षकहरूका अनुसार गत अक्टोबर यता कम्तीमा ५ हजार ७८६ क्युबालीहरूले समुद्री मार्गबाट अमेरिकाको दक्षिणी तटमा प्रवेश गर्ने प्रयास गरेका छन् भने सन् २०१५ मा यो संख्या ४ हजार ४७३ मात्र रहेको पनि रोयटरले जनाएको छ ।  
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २४, २०७३  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC