site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । केही दिन पहिले पाकिस्तानको इस्लामावादमा आयोजित दक्षिण एसियाली सहयोग संगठन (सार्क)का गृहमन्त्रीहरूको बैठकको समाचार संकलन गर्न गएका भारतीय पत्रकारहरूलाई बैठक स्थलमा प्रवेश गर्न नदिएको खुलासा हफिङटन पोस्टले सोमबार गरेको छ । 
भारतीय पत्रकारहरूलाई उद्घाटन समारोहमा समाचार संकलनमा त रोक लगाइयो नै गृह मन्त्री राजनाथ सिंहको स्वागतको तस्बिर खिच्नसमेत रोकिएको थियो । भारतीय गृह मन्त्री सिंहसँग भारतबाट ६ जना पत्रकार इलास्माबाद पुगेका थिए । 
गृह मन्त्रीहरूको बैठकको उद्घाटन पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले गरेका थिए । हफिङटन पोस्टका अनुसार पाकिस्तानका गृह मन्त्री निसार अलि खानले भारतीय समकक्षीको स्वागत गर्ने बेलामा पत्रकारहरू तस्बिर लिन तम्तयार भएपछि भारतीय पत्रकारलाई हटाउन खोजिएको थियो । भारतीय कूटनीतिकले विरोध गरेपछि सादा पोसाकका प्रहरीले उनीहरूका क्यामरा छेकिदिएका थिए । 
यसैगरी हफिङटन पोस्टले पाकिस्तानी अधिकारीहरूले गृह मन्त्री राजनाथ सिंहका बैठक चल्दै गर्दा ८ पटक शौचालय गएर भारतमा फोन गरेको प्रचार गराएको तर सिंह दुई पटकमात्र शौचालय गएको र सेल फोन लिएर नहिँड्ने दाबी गरेको छ ।
पाकिस्तानबाट प्रकाशित हुने समाचार पत्र डनले भने भारतीय गृह मन्त्रीले पाकिस्तानी समकक्षीसँग भनाभन भएपछि बीचैमा बैठक छाडेर हिँडेको जनाएको छ । 
भारतीय गृह मन्त्री सिंह पाकिस्तानी समकक्षीबाट आयोजित दिवा भोजमा पनि सामेल नभएको समाचार यस अघि नै सार्वजनिक भइसकेको छ ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २४, २०७३  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC