site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समृद्धिको आधार शिक्षा 

युनिभर्सिटी अफ क्यालिफोर्नियाको निमन्त्रणमा गत अक्टोबरमा अमेरिका गएको बेला भेटिएकी प्राध्यापक अञ्गना चटर्जीले भनेकिथिइन् — अमेरिका त्यसै अमेरिका बनेको होइन, यो देश र यहा“का नागरिकले शिक्षामा जुन तहको लगानी गरेका छन् त्यसैको परिणामस्वरुप अमेरिकाले हरेक क्षेत्रमा संसारको नेतृत्व गर्न सकेको छ । प्राध्यापक चटर्जीले हामीलाई स्टेनफर्ड विश्वविद्यालयको डिजिटल पुस्तकालय भ्रमण गराइन् । क्यालिफोर्नियाको ठूलो सहर सानफ्रन्सिस्कोस्थित सिलिकन भ्यालीमा यो  विश्वविद्यालय पर्छ । यो गुगल, फेसबुक, एप्पललगायत सूचना प्रविधिमा ससार हाँक्ने बहुराष्ट्रिय कम्पनी भएको क्षेत्र हो । संसारकै प्रमुख दसभित्र पर्ने यी कम्पनीले हजाराैं रोजगारी सृजना गरेका त छन् नै विश्वभरबाट ठूलो धनराशि आर्जन गरी अमेरिकालाई संसारकै समृद्व मुलुक बनाउन पनि भूमिका खेलिरहेका छन् । 

विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका प्रोजेक्टबाट यीमध्ये कतिपय कम्पनीको जन्म भएको हो । त्यसमा स्टेनफड युनिभर्सिटी र युसी वर्कलेको योगदान छ । संसारकै ठूलोमध्येको स्डेनफर्ड विश्वविद्यालयको डिजिटल पुस्तकालयका बारेमा त्यहाँका प्रमुखले भने — यो पुस्तकालय, वाटर प्रुफ, फायर प्रुफ र बम प्रुफ छ । बौद्धिक सम्पत्ति नै अमेरिकाको समृद्धिको आधार हो, जसको अभावमा यो देशको भविष्य कल्पना गर्न सकिँदैन । विश्वविद्यालय र अनुसन्धान संस्थाहरुले जुन तहको अध्ययन अनुसन्धान गर्छन् त्यसैको जगमा अमेरिकी सरकारले विकास र रणनीतिक योजना बनाउने गर्छ ।

कोरोना अवसर 

Prabhu Bank
Agni Group
NIC Asia

यतिबेला कोरोना महामारीले संसार आक्रान्त छ । विश्व अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको छ । संसारको इतिहासमा यति लामो समय विश्व नै ठप्प हुने घटना बिरलै भए होलान् । तर यस्तै चुनौती पार गरेपछि संसारका कैयाैं देशले विकासमा फड्को मारेका छन् ।

अहिले पनि विश्व समुदाय कोरानापछिको चुनौती सामनाका लागि आवश्यक नीति र पूर्वाधार बनाउन लागि परेको छ । हाम्रो सरकारले भने अझै जनतालाई अभिभावकत्व महसुस गराउन सकेको छैन । नेताहरुका भाषणमा दिनहुँ समृद्धिको आशा देखाइन्छ तर वास्तविक लक्ष्य हासिल गर्न नेतृत्वले आवश्यक तयारी र इच्छा शक्ति देखाएको छैन । वर्तमान सरकारसहित सत्ताधारी नेताहरुले जनता झुक्याउन र चुनावमा मत बटुल्नमात्र समृद्धिको आकर्षक नारा दिने गरेको देखिन्छ । 

Global Ime bank

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिन्छ तर काममा भने त्यसविपरीत भ्रष्टाचार र अनियमतिताको दलदलमा फसेर आफ्नो विश्वसनीयताबाट च्युत भइसकेको छ । पछिल्लो पटक विशेषगरी स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार र यत्रो महामारीमा सरकारको अमानवीय व्यवहारका कारण ।  कोरानाले सरकारलाई एक पटक फेरि अवसर दिएको छ । समग्र मुलुकको विकास र समृद्धिका लागि योजनाबद्धरुपमा कार्यक्रम तर्जुमा गरी अघि बढ्न सके कोरोना हाम्रा लागि अहिले अवसर पनि हुनसक्छ । 

चुनौती र अवसर

कोरोनाका कारण विश्वकै अर्थतन्त्रमा गम्भीर असरका संकेत देखिएका छन् । नेपाल पनि अपवाद हुने कुरा भएन ।  राजस्व उठाउन नसक्दा सरकार खर्च धान्न नसक्ने अवस्थामा पुग्न लागेको छ । व्यापार व्यवसाय, उद्योग प्रतिष्ठान सबै ठप्प छन् । आयात निर्यात ठप्प छ ।  रोजगारीका अवसर गुमेका छन् । वैदेशिक रोजगारी धरापमा परेका कारण त्यहा“बाट आउने वार्षिक आठ अर्ब रेमिट्यान्समा समेत यो वर्ष ठूलो ह्रास आउने निश्चितै छ । यसबीच तीन महिना बन्दाबन्दी (लकडाउन) भइसकेको छ र अझै कति लम्मिने हो प्रष्ट छैन ।

कोरोनाको प्रभाव श्रमिक हुँदै अब मध्यम वर्गमा समेत देखिन थालेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतका संस्थाले नेपालको अर्थतन्त्र भयावह हुने प्रक्षेपण गरेका छन् । त्यसैले अबका दिन हाम्रा लागि झनै चुनौतीपूर्ण हुने देखिन्छ ।  जति धेरै चुनौती हुन्छ सम्भावना पनि उत्ति नै हुन्छ । नेपाल त झन् सम्भावना नै सम्भावनाको देश हो । संसारको सर्वोच्च शिखर सगरमाथा यहीँ छ । भूगोलको हिसाबले हिमाल पहाड, तराई छ । शान्तिका दूत गौतम बुद्धको जन्मस्थल हामीसँगै छ । 

ऊर्जा उत्पादन क्षमताको हिसाबले संसारकै दोस्रो धनी देश भनिन्छ । कृषि उत्पादन र जडीबुटीले सजिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालमा पर्यटनको प्रशस्त सम्भावना छ । अतः राजनीतिक इच्छा शक्ति र इमान्दारी हुने हो भने नेपालको विकास र समृद्धिको यात्राले गति लिन समय लाग्नेछैन । 

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेलसन मन्डेलाले भनेका छन् — समाज विकासका लागि शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो,  विश्व परिवर्तनका लागि तपाईँले यसको उचित प्रयोग गर्न सक्नुहुनेछ । 

हो ! हामीले बितेका सात दशकमा लोकतन्त्र, मानवअधिकार, नागरिक स्वतन्त्रता आदिका नाममा धेरै संघर्ष गर्‍यौँ । तर, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रलाई भने महत्त्व दिएनौ । शिक्षा, रोजगारी र आर्थिक समृद्धिलाई एकीकृतरुपमा अघि बढाउन सकेनौ । युवालाई अधिकारका बारेमा धेरै पढाइयो, ससाना माग पूरा गराउन जुलस हिँडाइयो र नारावाजी र तोडफोडको संस्कार दिलाइयो तर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने नैतिक शिक्षा दिइएन ।

विगत सात दशकमा पटकपटक भएका आन्दोलन र संघर्षले  राजनीतिक परिवर्तन ल्याउन सके पनि जनचाहना र अपेक्षा पूरा गर्न सकेनन् । नेतृत्व वर्गले समग्र मुलुक र जनताभन्दा पनि राजनीतिक स्वार्थ, त्यसमा पनि दल र गुट तथा व्यक्तिगत स्वार्थ र लोभ, लाभका आधारमा निर्णय लिने संस्कार बस्यो । 

भनिन्छ सामान्य व्यक्तिले तत्कालका लागि, नेताले केही वर्षका लागि र राजनेताले सयौं वर्षका लागि सोच्छन् । समाजका सबै क्षेत्रमा समयको महत्त्व वुझ्न सक्नेहरु मात्र स्थापित हुनसक्छन् । त्यसैले अब देश विकासका लागि तत्कालीन र दीर्घकालीन नीति तर्जुमा गरेर अघि बढ्न ढिलो गर्नु हुँदैन । 

तत्कालका लागि जनसाधारणलाई सहयोग दिएर अर्थतन्त्र चलायमान बनाउने कार्यक्रम लागू गरिनुपर्छ । केन्द्र, प्रदेश र  स्थानीय सरकारको प्रभावकारी परिचालनबाट कोरोना महामारीलाई जित्ने योजना र त्यसको कार्यान्वयनको मार्गचित्र बनाइनुपर्छ ।  दीर्घकालीनरुपमा नेपालको आर्थिक विकास र समृद्धिलाई सँगसँगै अघि बढाउन शिक्षा नीतिमा आमूल परिवर्तन आवश्यक छ । बेरोगार उत्पादन गर्ने शिक्षा आजको आवश्यकता होइन । 

त्यसैले समग्र शिक्षा र विकास नीतिको पुनःसंरचना आवश्यक छ । त्यसका लागि सबभन्दा पहिले विकसित मुलुकहरुले जस्तै सूचना प्रविधिको प्रयोग गरी तथ्यांक आधार तयार गर्नुपर्छ । अनि देशको आवश्यकताका आधारमा विश्वविद्यालय र अनुसन्धान केन्द्रहरुलाई सबल र सक्षम बनाउन आवश्यक छ । 

हाम्रो अर्थतन्त्र वस्तुहरुको आयातमा लगाइने भन्सार, रेमिट्यान्स, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा निर्भर छ । कोरोनाका कारण निकट भविष्यमा हामीले आयात प्रतिस्थापन गर्न कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसका लागि अहिले जस्तो परम्परागत खेती होइन, दक्ष जनशक्ति र प्रविध मैत्री खेती अँगाल्नु पर्छ र पढेलेखेका मानिसले खेती गर्नु हुन्न भन्ने मानसिकताको अन्त्य गर्नुपर्छ । 

त्यसैगरी देशका सबै ७५३ स्थानीय निकायले आआफ्नो आवश्यकताका आधारमा योजना तर्जुमा गर्नुपर्छ । सबै स्थानीय तहमा एउटा कलेज, अस्पताल स्थापना गर्नुपर्छ । 

सातवटै प्रदेशमा मेडिकल कलेज, रिसर्च सेन्टर, प्राविधिक शिक्षालय र स्थानीय उत्पादनमा आधारित उद्योग स्थापना गरिनुपर्छ । विश्वविद्यालयहरुले देशको आवश्यकताका आधारमा जनशक्ति उत्पादन गर्ने परिपाटी बसाउनुपर्छ । औपचारिक शिक्षामात्रले स्वस्थ चरित्र र राष्ट्र निर्माणका लागि आवश्यक सबै पूर्वाधारको सुनिश्चितता गर्न सम्भव छैन । त्यस कारण प्राथमिक तहदेखि नै पाठ्यक्रममा नैतिकत शिक्षा समावेश गर्नुपर्छ । 

युसी वर्कलेका प्राध्यापक आमोद पोखरेल भन्छन् — ‘नेपालले देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने खालको अनुसन्धानमा आधारित शिक्षा नीति लागू गर्न सके आर्थिक समृद्धि हासिल गर्न सहज हुनेछ । मैले देशबाट के पाए भन्ने होइन, देशलाई मैले के दिन सके भन्ने जनशक्तिबाट मात्र नेपाललाई समृद्ध बनाउन सघाउ पुग्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २१:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC