site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संसारभर सरकारहरू बन्दाबन्दीलाई हटाउने वा खुकुलो बनाउने अभ्यासमा लागे पनि विश्व स्वास्थ्य संगठनले शुकवार कोभिड—१९ को महाव्याधि बढिरहेकोतर्फ सावधान गराएको छ । संसारभर शुकवारमात्रै एक लाख ५० हजार नयाँ संक्रमित थपिएका छन् । संसारका ८१ वटा मुलुकमा संक्रमण बढ्ने क्रममा छ । नेपालमा पनि संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने संख्या अनुपातमा निकै बढी छ । सम्भवतः यही कारणले नेपाल सरकारले ‘‘अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन’’ जनसाधारणलाई पुनः आग्रह गरेको हुनुपर्छ । बाहिर निस्कनै परे पनि मास्को अनिवार्य प्रयोग गर्न, भिडभाड नगर्न र भौतिक दूरी कायम गर्न पनि जनतालाई आग्रह गरिएको छ । पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा संक्रमित भेटिने क्रम बढ्न थालेपछि  गृह मन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सुरक्षा मापदण्ड, २०७७ जारी गरेर ‘‘अत्यावश्यक काममा बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल’’ गर्न पनि प्रतिबन्ध लगाएको छ । लाग्छ, नेपाल सरकारले कोभिड—१९ को जोखिम बल्ल बुझ्न खोजेको छ ।

गाउँघरमा जनसाधारण सरकार जति पनि सावधान देखिँदैनन् । खेतीको बेला हुनाले उनीहरूलाई सामाजिक दूरी कायम गर्न र विशेषगरी एकै ठाउँमा भेला नभई काम चल्दैन । सहरका गरिबलाई पनि तीन महिनासम्म बेरोजगारी बस्नु पर्दा गुजाराको समस्या भइसकेको हुनुपर्छ । उद्योग व्यवसाय पनि सञ्चालन नगरे अर्थतन्त्र उठ्नै नसक्नेगरी थला पर्ने अवस्थामा पुग्ने हुनाले अब रोक्न सकिने अवस्था छैन । अर्कातिर विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस घेब्रेससले चेतावनी दिँदै भनेका छन् — ‘‘संसार नयाँ तर भयावह चरणमा प्रवेश गरेको छ । घरमा बस्दाबस्दा धेरै जना आजित भइसकेका छन् । राष्ट्रहरू पनि समाज र अर्थतन्त्र खुलाउनका लागि आतुर देखिन्छन् । तर, भाइरस अझै तीव्र गतिमा फैलँदै छ । यो अझै पनि उत्तिकै ज्यानमारा छ र धेरै मानिस संक्रमणको जोखिममा छन् । नेपालमा अहिलेसम्म संक्रमितको कुल संख्या ८ हजार २ सय ७४ पुगेको छ भने यो महामारी ७४ जिल्लामा फैलिइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा पनि दिनहुँ संक्रमित थपिन थालेका छन् । नमुना संकलन नै अत्यन्त कम भएको र संकलन गरिएका स्वाबको परीक्षण पनि निकै ढिलो भएकाले नेपालमा महामारीको यथार्थ चित्र सरकारी विवरणबाट प्राप्त नहुनसक्छ । तर, त्यसबाहेक अहिले अरू कुनै पनि आधार देखिएको छैन । सरकारले भने नीति र योजना बनाउँदा त्यही अधुरो विवरणमा पनि ध्यान दिने गरेको देखिँदैन । काठमाडौं उपत्यका प्रवेशमा कडाइ गर्ने तर संक्रमण बढ्दै गएको उपत्यकाबाट बाहिर जान खुकुलो गर्ने सरकारको नीति यसैको उदाहरण हो । दुवैतिर आवतजावत रोक्ने हैन आउनेजानेहरूको विवरण राखी तिनलाई आवश्यकताअनुसार घरैमा बस्न लगाउने व्यवस्था मिलाउनुपर्छ । निषेध गर्दा जनताले ढाँटछल गर्ने र संक्रमण झन् फैलने हुँदो रहेछ भन्ने त भारतबाट प्रवेश रोकेकै बेला थाहा भइसकेको हो नि । बन्दाबन्दीको (लकडाउन) अवधिलाई सरकारले सत्ताको खेलमा खेर फालेकाले अहिले जनता विश्वास गर्न तयार छैनन् भने सरकार स्वयं शिथिल देखिन थालेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशकले देखेको भन्दा नेपालमा ‘सरकारमाथि विश्वासको संकट’ थप गम्भीर समस्याका रूपमा देखिएको छ । जनसाधारणका अप्ठेराहरूलाई सजिलो बनाउन सहजीकरण नगर्ने तर समस्या देखिनेबित्तिकै निषेध गर्न तम्सिने सरकारी प्रवृत्तिले अहिले विश्वासको संकट निम्त्याएको हो ।

सरकारले बाहिर निस्कँदा सबैलाई अनिवार्यरूपमा मास्क लगाउन आग्रह गरेको छ । तर, गाउँमा मास्क कसरी पाउने ? उपत्यका वा पाइने ठाउँमा पनि दिनहुँ जनही १५ — २० रुपियाँ मास्कमा खर्च गर्न नसक्ने कति परिवार होलान् ? मास्क सर्वसुलभ नहुँदासम्म सरकारले जति भने पनि यसको अनिवार्य प्रयोग सम्भव हुँदैन । अव्यावहारिक उर्दी गर्दैमा महामारी रोकथाम हुँदैन । महामारीको व्यवस्थापनमा सरकारले आफ्नो सीमा र कमजोरी स्वीकार गरेर निजी तथा गैरसरकारी व्यक्ति एवं संस्थाको सहयोग लिन खोजेमा सायद अझै पनि नेपाली समाजमा भयावह अवस्था उत्पन्न हुन रोक्न सकिन्छ । शासकहरूले सहयोगमा नगदै मागेर आफन्त पोस्ने बदनियत राखेकाले अहिले निजी र सामाजिक संस्थाहरू निस्क्रिय प्रायः देखिएका छन् । स्वयंसेवी संस्था र व्यक्तिलाई महामारी रोकथामका लागि आवश्यक र उपयुक्त सहयोग लिएर जनता बचाउन प्राथमिकता दिनुपर्छ । नत्र, नेपालले महामारी धान्नै नसक्ने हुनसक्छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC