site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । दयाहाङ र नम्रता उत्कृष्ट कलाकार बनेका छन् । कबड्डी कबड्डी फिल्मबाट दयाहाङ राई उत्कृष्ट अभिनेतामा दरिएका हुन् । उत्कृष्ठ अभिनेत्रीमा क्लासिकबाट नम्रता श्रेष्ठले अवार्ड हात पारिन् । 
चलचित्र विकास वोर्डले स्थापना दिवसको अबसरमा राष्ट्रपति भवनमा कार्यक्रम गरि वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा पुरस्कृत हुने सिनेमा  सिनेकर्मीहरुको नाम बिहीबार सार्वजनिक गरेको हो । 
जुरीले छनोट गरेका ७ विधामा विजेता तथा एउटा आदिवासी फिल्म र जुरीको तर्फबाट प्रदान गरिने विशेष पुरस्कार विजेताको नाम सार्वजनिक गरिएको छ ।  
२०७२ मा प्रदर्शित चलचित्रमा ‘पशुपतिप्रसाद’ उत्कृष्ट भएको छ भने पशुपतिप्रसादबाट नै लेखनमा खगेन्द्र लामिछाने उत्कृष्ट बने । सोहि चलचित्रबाट दिपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको पुरस्कार हात पारे । 
छायाँकनतर्फ ‘ड्रिम्स’बाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले बाजी मारे भने सम्पादनतर्फ ‘क्लासिक’ बाट सुरेन्द्र पौडेल उत्कृष्ट दरिए । 
आदिवासी जनजाती चलचित्रतर्फ गुरुङ भाषाको सिनेमा ‘यम्फु देवराली’ उत्कृष्ट बनेको छ । जुरीले प्रदान गर्ने अधिकार पाएको विशेष पुरस्कार नव निर्देशकमा भुवन केसीले पाए ।  
लाईफटाईम एचिभमेन्ट पुरस्कार अभिनेत्री बसुन्धरा भुषाललाई प्रदान गरिने भएको छ । भुषालले ३ लाख ५१ हजार पाउने छन् ।  
 
रमेश बुढाथोकी संयोजकत्वमा लय संग्रौला, मोहन निरौला, सुशिल पौडेल, सरिता लामिछाने र करुण थापाको निर्णायक टोलीले उत्कृष्ट चलचित्रको  छनोट गरेको हो ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC