site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मूलतः सरकारको गलत र बदनियतपूर्ण निर्णयहरूका कारण कोभिड—१९ को संक्रमण धानै नसकिने गरी समाजमा फैलने जोखिम बढ्दै गएको छ । जनता भने सरकारले बन्दाबन्दी (लकडाउन) केही होलो हुनेबित्तिकै कोभिड —१९ को प्रकोप सकिएजस्तै सामान्य अभ्यासमा फर्कन खोज्दैछन् । असार महिनाको अन्त्यसम्ममा संक्रमितहरूको संख्या ४० हजार नाघ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनमा संक्रमण नियन्त्रणमा आउने दाबी गरे पनि उपप्रधानमन्त्री ईश्वर पोख्रेलले भदौमा कोभिड—१९ को संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छन् । यसैले जनता आफैँले आनीबानीमा सुधार नगर्ने हो भने आउँदा दिनहरू निकै भयावह हुनसक्छन् ।

सरकारले संक्रमण रोक्न बेलैमा प्रयास गरेको भए स्थिति यसरी बिगे्रर जाने थिएन । अहिले भारतबाट आएकाहरूको व्यवस्थापन गर्न नसकेकाले संक्रमण तीव्र गतिमा फैलिएको भन्ने प्रधानमन्त्री ओलीसमेतका सरकारी पदाधिकारीहरूले सीमामा आएका नागरिकलाई व्यवस्थितरूपमा ल्याएर क्वारेन्टिनमा राख्न, घरसम्म पुर्याउन र पीसीआर विधिबाट परीक्षण गर्न विज्ञहरूलगायतले दिएका सल्लाहको उपेक्षा गरे । स्वास्थ्यमन्त्रीले त संसद्मै नेपालमा संक्रमणको खतरा नै छैनसमेत भनिदिए । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत चिकित्सा सामग्री र उपकरणको आपूर्तिलाई राज्यको ढुकुटी दोहन गर्ने उपायका रूपमा प्रयोग गरियो । यही कारणले सचेत युवा सडकमा उत्रेर ‘अब त अति भयो’ भन्दै आन्दोलनै सुरु गरेका हुन् । यसबाट सिक्नुपर्ने पाठ के हो भने संक्रमणका नाममा पैसा कमाउनेबाहेक शासकहरूलाई जनताको जीवन रक्षामा चासो छैन । त्यसैले जनसाधारण स्वयं नै संक्रमण फैलन नदिन सचेत हुनु जरुरी छ ।     

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म बेलायतमा एउटा औषधिले कोभिड—१९ संक्रमितलाई फाइदा भएको बताइएबाहेक उपचारमा संसारभर खासै प्रगति भएको समाचार छैन । यस्तो गम्भीर परिस्थितिमा पनि जनसाधारणले संक्रमण फैलने जोखिमप्रति हेलचेक्य्राइँ गर्नु आत्मघाती दुर्भाग्य हो । सरकारले जनतालाई असुविधा भयो भनेर नभई कर नउठे सरकारको ढुकुटी रित्तिने भएकालेमात्र आर्थिक गतिविधि सञ्चालन गराउन बन्दाबन्दी खुकुलो बनाएको हो । यसैले सरकारी ढुकुटी भरियो वा विरोध चर्कन थाल्यो भने सरकारलाई जनसाधारणको व्यवहार बन्दाबन्दी थोपर्ने बहाना हुनेछ । यसैले संक्रमण रोक्न सहायक मानिएका सामान्य नियमलाई बेवास्ता नगरौँ । भिडभाडमा नजाने, घरबाहिर निस्कँदा सधैँ ‘मास्क’ लगाउने, मानिसहरूबीच भौतिक दूरी कायम गर्ने, साबुनपानीले नियमितरूपमा हात धुनेजस्ता कामलाई अब दैनिक जीवनका सामान्य बानी बनाउनुपर्छ । यो ‘नयाँ बानी’ अब केही समयका लागि जीवनशैली नै बनाउनुपर्छ । 

धेरै गरिबहरूका लागि मास्क र साबुनपानी जुटाउन पनि आर्थिक दृष्टिबाट निकै कठिन हुनसक्छ । स्थानीय सरकारहरूले सामाजिक संघसंस्थासमेतको सहयोग लिएर तिनलाई मास्क र साबुन उपलब्ध गराउनु उचित र आवश्यक देखिन्छ । यस्तै क्वारेन्टिनबाट पीसीआर परीक्षणको नतिजा नआई समुदायमा नजाने र जान नदिने गरेर समाजमा संक्रमण फैलन रोक्न सकिन्छ । क्वारेन्टिनको सही व्यवस्थापन र पीसीआर परीक्षणबाट संक्रमण मुक्त नदेखिँदासम्म घर नपठाउने नीति अपनाएर पनि संक्रमणको वेग रोक्न सकिन्छ । यसैले महामारीको  भयावहता अब जनसाधारण र स्थानीय तहहरूको प्रयासमा निर्भर हुने देखिन्छ । असल अभ्यास अपनाएर बाचौँ र अरूलाई पनि बचाऊँ ! प्रधानमन्त्री ओलीले भनेजस्तो नेपालीको रोग प्रतिरोध क्षमता बलियो छ भन्ने त सायद कुनै अध्ययनले पुष्टि गरेको छैन तर भूकम्पपछि नेपाली समाजले आफ्नो जीवटपन प्रमाणित गरेको छ । यसैले नयाँ जीवनशैली अपनाएर भए पनि कोभिड—१९ को संक्रमण रोक्न हामी नेपालीहरू सक्षम हुनुपर्छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC