site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
कांग्रेसको विरोधको औचित्य
Sarbottam CementSarbottam Cement

आफ्नै कारणले ‘शिथिल विपक्ष’को बिल्ला भिरेको नेपाली कांग्रेस केही यता जुर्मुराउन थालेको छ । त्यतिमात्र हैन जनताका वास्तविक समस्यालाई बेवास्ता गरेर सीमित वर्गका पक्षमा पैरवी गर्ने केही वर्ष अघिको प्रवृत्ति पनि त्यागेर कांग्रेसले जनसमस्या उजागर गर्न थालेको देखिएको छ । नेपाली भूभाग समेटेर जारी गरिएको नेपालको नक्सा निसान छापमा समावेश गर्न प्रस्तुत भएको नेपालको संविधान संशोधन विधेयकमा संस्थागतरूपमै निर्णय गरेर कांग्रेस राष्ट्रियताका पक्षमा सुदृढ र स्पष्ट अडान प्रकट गरेर जिम्मेवार विपक्षको भूमिकामा प्रकट भएको थियो । संविधान संशोधन प्रकरण सकिएपछि कांग्रेसले कोभिड—१९ को व्यवस्थापनमा सरकारले देखाएको गैरजिम्मेवारी र हेलचेक्याइँको विरोध गरेर सशस्त र जुझारु विपक्षको जिम्मेवारी पूरा गर्न अग्रसर भएको देखिएको छ । 


कोभिड—१९ को व्यवस्थापनमा सरकारले देखाएको गैरजिम्मेवार प्रवृत्ति र भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गर्न स्वदेश र विदेशबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेसका अनुसार महामारीको व्यवस्थापनमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचारका भयावह हुँदै गएको देशको अवस्थामा स्वदेश र विदेशबाट एकैसाथ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । कोभिड—१९ को संक्रमण नियन्त्रण, महामारीले जनतामा पारेको प्रभाव न्यून गर्न सरकारले गर्नुपर्ने कामलगायतका विषयमा कांग्रेसले यसअघि नै प्रधानमन्त्रीको ध्यानाकर्षण गरिसकेको छ । ज्ञापनपत्रमा ‘‘नेपाल फर्कन चाहेका विदेशमा रहेका नागरिकका लागि उपयुक्त व्यवस्थ ागर्न र हवाई भाडालगायत अन्य खर्च व्यवस्था गर्न नसक्नेका लागि सरकारले उपयुक्त व्यवस्था गर्न गरोस् ।’’ भन्नेजस्ता मागहरू समावेश छन् । 

Prabhu Bank
Agni Group
NIC Asia


लोकतन्त्रमा विपक्षी राजनीतिक दल सशक्त, जनमुखी र जिम्मेवार नभए सत्ता निरंकुश हुन्छ भने विपक्ष सशक्त हुँदा नै जनताको हित हुन्छ । ओली सरकार गैरजिम्मेवार र भ्रष्ट हुनुमा कांग्रेसको कमजोर भूमिका पनि जिम्मेवार  छ । यसैले अहिले संकटको समयमा नेपाली कांग्रेस जुर्मुराउनु सकारात्मक हो । संसद्मा संख्या थोरै हुँदैमा विपक्षको भूमिका कमजोर हुने हैन । कमजोर त दृष्टिकोण र अभ्यासबाट हुन्छ । यस्तै संख्याभन्दा विरोधको प्रभावकारिता नियत र शैलीमा निर्भर हुन्छ । अहिले अर्थतन्त्र टाट पल्टन लागेको र प्रधानमन्त्री ओलीमाथि उनकै पार्टीभित्रबाट प्रहार भइरहेको मौका छोप्नका लागि कांग्रेसले विरोध स्वर उरालेको हो भने त्यसबाट नैतिक शक्ति हासिल हुँदैन । 


जनस्तरबाट सरकारको विरोध सुरु भएकाले जस लिन खोजेको हो भने पनि त्यो प्रयत्न सफल नहोला । हालै राजधानीलगायतका ठाउँमा गरिएको विरोध प्रदर्शनले जनचासोका सही माग र जनविरोधको सही तरिकाको उदाहरण देखाएको छ । सडक विरोध त राजनीतिक दलमा नरहेका युवालाई नै छाडे प्रभावकारी हुने देखिन्छ । यसै पनि संसद्मा गरिएको विरोध सरकारले नसुनेमात्र विपक्षी दल सडकमा आउने हो । जनताका पक्षमा सशक्त तर अत्यन्त जिम्मेवारीसाथ प्रस्तुत भएमात्र नेपाली कांग्रेसको विरोध सार्थक हुनेछ । यसैले ‘सरकारको छिनोफानो’ गर्न हैन महामारीको संकटबाट नेपाली जनता र अर्थतन्त्रलाई जोगाउन कांग्रेसको भूमिका सशक्त हुनुपर्छ । अनिमात्र विरोधको औचित्य सिद्ध हुन्छ । सत्ताका लागि त नेपाली कांग्रेसले अर्को चुनावसम्म पर्खिनै पर्छ नि !             
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC