site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघको अनुदान, ऋण र खर्च नहुने मौज्दातका आधारमा गण्डकीको घाटा बजेट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राजस्व र व्ययको अनुमान पेस गरेका हुन् ।

प्रदेशसभामा उनले चालु आर्थिक वर्षभन्दा २ अर्ब रुपैयाँ बढीको बजेट पेस गरे । ३४ अर्ब बराबरको बजेट पेस गर्दा त्यसको स्रोत भने संघकै अनुदानमा निर्भर देखिएको छ । ३४ अर्ब ८४ करोडको बजेटमा संघ सरकारले मात्रै ६१ प्रतिशतभन्दा बढी अनुदान रकम दिएको छ ।

मन्त्री गुरुङले खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान  ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान  ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान  १ अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान  ५४ करोड, राजस्व बाँडफाँटबाट प्राप्त हुने  ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टी वापत प्राप्त हुने  ३० करोड रहेको जानकारी दिए ।

KFC Island Ad
NIC Asia

यस्तै, सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५० करोड ८५ लाख ६० हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा सरकारले ३ अर्ब २७ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर, हालसम्म १ अर्ब ७० करोड रुपैयाँमात्र उठेको र चालु आर्थिक वर्षको अन्त्यसम्ममा बढीमा १ अर्ब ८० करोडसम्म राजस्व संकलन हुन सक्ने अर्थमन्त्रालयका प्रवक्ता निरन भट्टराईले जानकारी दिए ।

आगामी वर्षको राजस्व संकलनको दायरा किन बढ्यो त भन्ने प्रश्‍नमा उनले दहत्तर, बहत्तर, गिट्टी बालुवाबाट राजस्व संकलन गरिने जानकारी दिए । हाल यो स्रोतबाट स्थानीय तहले राजस्व उठाउँदै आएका छन् । “स्थानीय सरकार सञ्चालन ऐनमा ऐलानी र पर्ति जग्गामा मात्र स्थानीय तहले कर लगाउन पाउने हुँदा अन्य क्षेत्रमा प्रदेशले लगाउने भन्ने सोचेका छौँ ,” उनले भने ।

यस्तै, अन्य प्रदेशका सवारीहरुलाई गण्डकीमा कर बुझाउँदा छुट दिइएका कारण सवारी क्षेत्रबाट पनि राजस्व बढ्ने उनको भनाइ छ ।

संघको अनुदान र राजस्वको लक्ष्य जोड्दा गण्डकीको बजेटको आकार २५ अर्ब ७५ करोड हाराहारीको हुन्छ । बाँकी अपुग ९ अर्ब रुपैयाँ भने सरकारले चालु आर्थिक वर्षमा खर्च नहुने बजेटबाट तान्ने जनाएको छ ।

“न्यून पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात ७ अर्ब उपयोग गरिनेछ । नगद मौज्दात उपयोग गर्दा पनि अपुग हुने खुद २ अर्ब मध्ये आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिनेछ,” मन्त्री गुरुङले भने ।

कुल ३४ अर्ब ८४ करोड २१ लाख ६० को बजेटमध्ये चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ७४ हजार,  पुँजीगततर्फ   १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ ।

कुल बजेटमा चालु खर्चतर्फ ४१ दशमलव २ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव ४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ दशमलव ४ प्रतिशत रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १, २०७७  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro