site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
 मोबाइल हेर्दा–हेर्दा दिक्क हुनुहुन्छ ? यसरी घटाउन सकिन्छ ‘स्क्रिनटाइम’
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना संकटकै कारण मानिसहरू नचाहँदा–नचाहँदै पनि हरेक दिन झन्–झन् लामो समय फोनमा बिताइरहेका छन् । नेल्सनको मार्च रिपोर्टअनुसार बाहिर जान नपाएकाले पनि मानिस अरू बेलाभन्दा ६० प्रतिशत बढी कन्टेट हेरिरहेका र सुनिरहेका छन् । यसरी अहिले अधिकांश मानिसमा स्मार्टफोनको लतको समस्या बढिरहेको छ । यसमा ३६ प्रतिशत युवावर्ग र एकचौथाइभन्दा धेरै अभिभावकसमेत राति कम्तीमा पनि एकपटक फोन ‘चेक गर्ने’ गरेको बताइएको छ । 

महामारी सुरु हुनुअघि नै अमेरिकालगायत केही देशका युवाले दैनिक कम्तीमा पनि ७ घण्टा २२ मिनेट मोबाइल स्क्रिन हेर्ने गरेका थिए । अहिले कोभिड–१९ को अवस्थामा त मान्छेको सामाजिक जीवनै ‘जुम भिडियो च्याट’ मा सीमित भएको छ । जसले चाहेर पनि स्क्रिट टाइम घटाउन असम्भव समान बनाइदिएको हो । 

वास्तवमा मोबाइल बन्द गरेर राख्न गाह्रो हुनुका पछाडि वैज्ञानिक कारण छन् । जस्तै कि हामीलाई ‘नोटिफिकेसन’ दिने चम्किला बटनहरू हाम्रो ध्यान केन्द्रित गराउने उद्देश्यले डिजाइन गरिएका हुन्छन् र मान्छेको मस्तिष्क चम्किलो र उज्यालो कुरा देख्दा अकस्मात् सतर्क हुने गर्छ । त्यसैले हाम्रो आँखा र फोन दुवैको भार कम गर्न स्क्रिनटाइम घटाउने सबैभन्दा सजिलो तरिका भनेको फोनको ब्याकग्राउन्ड कलरलाई ‘ग्रे स्केल मोड’ मा लैजाने हो जसपछि पूरै फोन खैरो वा रङबिनाको जस्तो देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

थुप्रै रिसर्चले मानिसमा दृश्यमै आधारित रहेर प्रतिक्रिया देखाउने गरेको कुरा प्रमाणित गरिसकेका छन् जुन फोनको स्क्रिनमा पनि लागू हुने डारिया कस बताउँछिन् । उनी बेलायतको नटिङघाम ट्रेन्ट युनिभर्सिटीमा साइकोलोजीकी प्राध्यापक हुन् र इन्टरनेटको लत अनि स्मार्टफोनको अधिक प्रयोगजस्ता विषयमा अनुसन्धान गर्छिन् । उनले भनेकी छन्, “हामीलाई एकपटक ‘ब्ल्याक एन्ड ह्वाइट’ वा ग्रे स्क्रिनको बानी पर्यो भने यसले उल्लेखनीय रूपमा फोनमा बिताउने समय घटाइदिनेछ । 

यसमा ग्रे स्केल मोड प्रायः सबै स्मार्टफोनको सेटिङमा उपलब्ध हुन्छ । वास्तवमा आँखाको समस्या हुनेहरूका लागि यो फिचर राखिएको हो । तर साधारण मान्छेले पनि स्क्रिनलाई कम आकर्षक बनाउन यसको प्रयोग गर्न सक्छ । 

Global Ime bank

फोनलाई ग्रे स्केल मोडमा कसरी लैजाने ? 

१) आइफोनका लागि पहिले सेटिङ्स अनि जनरल त्यहाँबाट एससीबिलिटी यसपछि डिस्प्ले अकोमोडेसन र कलर फिल्टरा जाने र त्यहीँ गएर कलर फिल्टरलाई अन गरी ग्रेस्केल चुन्न सकिन्छ । 

२) एन्ड्रोइड फोनका लागि भने सेटिङ मा गएर एसेसीबिलिटीबाट ग्रेस्केल स्विच अन गर्न सकिन्छ । 

३) कुनै–कुनै एन्ड्रोइड फोनमा ग्रेस्केल मोड सीधै अन गर्न नसकिने पनि हुन सक्छ । त्यसैले यसका लागि पहिले सेटिङमा गएर एबाउट फोनमा जाने अनि बिल्ड नम्बर लेखिएको ठाउँमा सातपटक छिटोछिटो थिच्ने । त्यति हुनासाथ फोनमा यु आर नाउ अ डेभलपर भन्ने म्यासेज आउँछ । यसपछि फेरि सेटिङ्समा गएर डेभलपर अप्सन खोज्ने र त्यहाँबाट सिमुलेट कलर स्पेसमा गइ मोनोक्रोमेसी लेखेकोमा थिच्ने । अनि ग्रे स्केल मोड अन हुन्छ । 

युनिभर्सिटी अफ नर्थ डकोटाले गरेको हालैको एक अध्ययनमा पनि कलेजका विद्यार्थीहरूले ग्रे स्केल मोडको प्रयोग गरेपछि इन्टरनेट र सामाजिक सञ्जालका एपहरूमा बिताउने समय औसतमा ४० मिनेटले कम भएको पत्ता लगाएको थियो । कम रङ्गीन र कम उज्यालो भएको स्क्रिनले फोनप्रतिको हाम्रो आकर्षण घटाउने गर्छ । यही कारणले नै गुगल र इन्स्टाग्रामले पछिल्ला केही वर्षमा आफ्नो लोगो परिवर्तन गराएका हुन् । जसपछि गैरलाभकारी संस्था ‘सेन्टर फर ह्युमन टेक्नोलोजी’ ले मान्छेको पूरै ध्यान केन्द्रित गर्ने बिजनेस मोडलका कारण स्मार्टफोनको लत लाग्ने समस्या बढ्दै गएको र सबैको जीवन ‘लाइक’ पाउने प्रतिस्पर्धामा बदलिएको भनि विरोध गरेको थियो । 

तर फोन प्रयोगको प्रवृत्ति व्यक्ति–व्यक्तिमा फरक हुन्छ । जस्तै कि नोटिफिकेसन बटनले लगातार हाम्रो ध्यान केन्द्रित गराइरहँदा समेत कपितय मान्छे यस्ता पनि हुन्छन् जो १०० वटा इमेल आइसके पनि त्यसलाई नपढी बस्न सक्छन् । तर जे भए पनि हामी व्यक्तिगत रूपमा फोन कम प्रयोग गर्न प्रेरित भएर लाग्ने हो भने यस लकडाउनको समयमा ग्रे स्केल मोड अपनाउनुले धेरै मद्दत गर्न सक्ने बताइएको छ । 

ग्रे स्केल मोडको तरिकाबाहेक विज्ञहरूले स्क्रिन टाइम घटाउने अन्य सुझाव पनि दिएका छन्, जस्तै अति आवश्यकबाहेकका एपहरू ‘होमस्क्रिन’ मा नराख्ने र सीधा कल अनि टेक्स्ट म्यासेजबाहेक अन्य सामाजिक सञ्जालको नोटिफिकेसन बन्द गर्ने । यसमा नोटिफिकेसन अफ गर्नु फोनको प्रयोग घटाउनमा सबैभन्दा उपयोगी रहेको साइकोलोजी प्रोफेसर कस बताउँछिन् । किनकि नोटिफिकेसन चेक गरिरहने बानीले नै फोनको लतलाई जन्म दिन्छ । 

यसअघि गरिएका विभिन्न अध्ययनहरूमा पनि काम गरिरहेका बेला स्मार्टफोन टेबलमा यतिकै राख्दासमेत त्यसले मान्छेको काममा बाधा पुर्याउने र उत्पादकत्व घटाउने गरेको पाइएको थियो । यस्तोमा कहिलेकाहीँ फोनलाई आफू बसेको भन्दा अर्को कोठामा राख्नुले पनि मद्दत गर्ने कस बताउँछिन् । उनका अनुसार मानिसले मोबाइल फोनमा बिताउने समयलाई गम्भीरतापूर्वक लिइरहेका हुँदैनन र विस्तारै थाहा नपाइ यसको लतमा पर्छन् । –सीएनएन
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC