site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
विदेशमा अलपत्र परेका ५११ नेपालीको उद्धार : एनआरएनए
Sarbottam CementSarbottam Cement

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५ सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । 

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार आजै मात्र कुवेत सरकारको सहयोगमा  २९९ जना नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ति शिविरमा थप  २ हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७  जना,  कुवेतबाट २९९ जना गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिसकिएको संघले जनाएको छ । 

कोरोना भाइरसको संक्रमणपछि महिला, बालबालिका लगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले एनसीसी, कुवेत र युएईलाई ६ हजार डलर सहयोग गरेको थियो ।

Global Ime bank

अध्यक्ष पन्तले  बाँकी अन्य नेपालीको उद्धारको लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चाटर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड १९ को प्रभावका कारणले मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली  पहिलो चरणमा उद्धारको पर्खाइमा रहेका छन् ।  

यस्तै संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड १९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा संघले करिब ७० लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । 

यसअघि गैरआवासीय नेपाली नेपाली संघले अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा ९राष्ट्रिय समन्वय परिषद्० लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC