site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

डिल्ली पाण्डे

काठमाडौं । बिहीबार बेलुका काठमाडौंको ठमेलबाट गुन्डा नाइके दिपक मनाङ्गे पक्राउ परे । उनीसँगै प्रहरीले राजन कुमार सिंहलाई पनि पक्राउ गरेको छ ।

अघिल्लो साता काठमाडौंकै विजुलीबजारमा जसवन्त राई भनिने कर्णबहादुर गुरुङलाई हप्ता असुलीको आरोपमा पक्राउ गर्न खोज्दा प्रहरी माथी नै जाइलाग्ने प्रयास गरेपछि प्रहरीले खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको थियो ।

Agni Group

दुईवर्ष अघि दिनेश अधिकारी ‘चरी’ र अघिल्लो वर्ष कुमार श्रेष्ठ ‘घैंटे’को प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि उपत्यकामा रहेका गुन्डा नाइके काठमाडौं बाहिर शान्त रुपमा बस्दै आएको प्रहरीले जनाएको थियो । तर पछिल्ला दिनमा उनीहरु फेरि काठमाडौंमा सक्रिय हुन थालेका छन् ।

बिहीबार बेलुका पक्राउ परेका मनाङ्गेले ३५ जनाभन्दा बढी व्यवसायीलाई धम्क्याएर रकम असुलेको प्रहरीले जनाएको छ ।

Global Ime bank

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले निरन्तर व्यवसायी धम्क्याएको उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए ।

“मसल शो गरेर सर्वसाधारणले कमाएको रकम लुट्ने यस्ता गुन्डालाई कानुन अनुसार कारवाही हुन्छ,” उनले बाह्रखरीसँग भने, “मनाङ्गेले ३५ भन्दा बढी ब्यापारीलाई धम्क्याएर हप्ता असुलेको हामीसंँग उजुरी परेपछि पक्राउ गरेका हौं ।”
उनका अनुसार मनाङगेलाई सहयोग गर्ने अझै केही गुन्डा फरार छन् ।

“मनाङ्गेका केही सहयोगी फरार छन्,” उनले भने,“उनीहरुलाई पनि प्रहरीले पक्राउ गरि संगठित अपराध अन्तर्गत कारवाही गर्छ । आफ्नो काम गरि खाने वर्गलाई धम्क्याएर रकम असुली गर्ने गुन्डालाई पानीमुनी गए पनि छाड्दिन ।”

थापाले मनाङ्गेको छायाँले पनि मानिस डराउने भन्दै समाजमा बस्न दिन नहुने धारणा राखे । “मनाङ्गेको छायाँ देखेर मानिस डराउँछन्,” एसएसपी थापा भन्छन्,“त्यसैले यस्ता व्यक्तिलाई समाजभित्र बस्न दिनुहुँदैन ।”

प्रहरीका अनुसार मनाङ्गेले बिहीबार साँझ करिब ८ बजे ठमेलको ज्याठामा एक व्यवसायीबाट रकम असुल्ने तयारीमा थिए । त्यो खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर टेकुबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले मनाङ्गेसँगै सर्लाहीका राजनकुमार सिंहलाई पनि पक्राउ गरेको छ ।

मनाङ्गेले पनी व्यापारको आडमा रकम असुल्ने गरेको र केही व्यापारीसँग जबरजस्ती रकम असुलेको प्रहरीको भनाइ छ ।
मनाङ्गे र उनका सहयोगीलाई संगठित अपराध अन्तरगत मुद्दा चलाएर अनुसन्धान अघि बढाउने एसएसपी थापाले बताए ।
प्रहरीका अनुसार मनाङ्गे बाहेकका केही गुन्डा नाइके काठमाडौंमा सल्वलाउन थालेका छन् ।

“हामीले गुन्डा नाइकेको नियमित निगरानी गरेका छौं,” एसएसपी थापाले भने,“मनाङ्गेजस्तै अरु पनि सल्वलाउन थालेका छन् । लिस्टमा रहेका अरु पनि छिट्टै पक्राउ पर्छन् ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC