site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

शासकहरूले स्वीकार नगरे पनि कोभिड–१९ को संक्रमण रोक्न सरकारले अपनाएको उपायका गम्भीर त्रुटि रहेको समुदायमा देखिएका लक्षणहरूबाट पुष्टि भएको छ । आधिकारिक विवरणअनुसार बन्दाबन्दी (लकडाउन)का अवधिमा नेपालमा कोभिड–१९ बाट १४ जनाको मृत्यु भएको छ । तर, यही अवधिमा आत्महत्या गर्नेहरूको संख्या भने १ हजार १ सय पाँच रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आत्महत्याको यति धेरै घटना हुनु चिन्ताको विषय हो । तर, यी सबैभन्दा पनि बढी सरकार र संसद् झसंग हुनुपर्ने आत्महत्याको घटना भने अछामको बयलपाटामा भएको छ । बयलपाटास्थित एउटा अस्पतालले सामूहिक अवकास दिएको एक जना कर्मचारीले आत्मदाह गरी आत्महत्या गरेका छन् । बन्दाबन्दीका बेला गरिएको कर्मचारी कटौतीमा परेका करारमा रहेका सिद्धार्थ आहुजीले परिवार चलाउने उपाय नदेखेपछि आत्मदाह गरेको भन्ने प्रारम्भिक विवरण अपत्यारिलो पनि छैन । आत्मदाह त आहुजीले गरे तर अनुहार भने सत्ताको पनि नराम्ररी झुल्सिएको छ ।

झट्ट हेर्दा आत्मदाहका लागि आहुजी नै जिम्मेवार देखिन्छन् । धेरैले जागिर जाँदैमा किन मरी नै हाल्नुपथ्र्यो र भन्न सक्छन् । परन्तु, विक्षिप्त व्यक्तिबाहेक अरूले चर्कै मानसिक दबाब नपरी आत्महत्या गर्ने आँट र अठोट गर्दैनन् । आहुजी विक्षिप्त भएको कुनै जानकारी कतैबाट पनि सार्वजनिक भएको छैन । अस्पतालले आर्थिक कारण देखाएर करारमा रहेका आहुजीलगायतका कर्मचारीलाई हटाउने निर्णय गरेको रहेछ । बन्दाबन्दीका कारण काम खोज्न अन्यत्र जाने सम्भावना पनि नदेखेपछि आहुजीले आत्मघात गर्ने अठोट गरेको हुनुपर्छ । सार्वजनिक भएका समाचारअनुसार गैरसरकारी संस्थाले सञ्चालन गरेको अस्पताल आर्थिक संकटमा पर्न थालेपछि कर्मचारी कटौतीको निर्णय लिइएको थियो । आहुजीलगायत हटाइएका कर्मचारीले गरेको पुनर्बहालीको माग पनि स्वीकार नगरिएपछि उनले आत्महत्या गरेका रहेछन् । यसबीच स्थानीय तहले अस्पताल सञ्चालनका लागि आवश्यक रकम जुटाउने पहल पनि गरेको पनि बताइएको छ । तर, समयमै आहुजीलाई आश्वस्त पार्न नखोजिएका कारण यो भयावह दुःखद घटना भयो ।

सिद्धार्थ आहुजीको आत्मदाहको घटनाले सरकार र बयलपाटा अस्पताल व्यवस्थापनलाई मात्र हैन रोजगारी दिने सबैलाई झसंग बनाएको हुनुपर्छ । राज्यको आकारहीन शासनतन्त्रमा मानवीय संवेदना छैन । यसैले सरकारी कर्मचारीबाट मानवीय संवेदनाको संस्थागत तहमा अपेक्षा गर्नु मूर्खता हुन्छ । तर, आहुजीको नियति दोहोरिन नदिन भने राज्यको संयन्त्रमा संस्थागतरूपमा नभए पनि वैयक्तिकरूपमा मानवीय संवेदना अपरिहार्य हुन्छ । कुनै नागरिकले देशमा काम गरेर खान नपाइने देखेर आत्महत्या गर्ने अवस्थाले शासनमाथि नैतिक प्रहार त गरेको छ नै लोकतन्त्रको पनि उपहास गरेको छ । सरकारको नीति हेर्दा आगामी दिनमा अस्पतालहरूमात्र हैन कारखाना र व्यवसायहरू पनि  बन्द हुने जोखिम बढी नै छ । प्रतिष्ठानहरू नै नरहेपछि कर्मचारी त यसै खारेजीमा पर्ने नै भए । त्यस अवस्थामा सिद्धार्थ आहुजीको बाटो रोज्नेहरूको संख्या धेरै हुनसक्छ । त्यस्तो हुन नदिनु सरकारको मुख्य कर्तव्य हो । यसैले सरकारले बेलैमा सकेसम्म कुनै कामदारले पनि विकल्प खोज्न नसक्ने वा नपाउने अवस्थामा रोजगारी गुमाउनुपर्ने अवस्था आउन नदिने नीति अपनाउनुपर्छ । साथै, बन्दाबन्दीको असरबाट बढी नै प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक विमर्श उपलब्ध गराएर सम्झाउने व्यवस्थित प्रयास पनि स्थानीय तहहरूले गर्नुपर्छ । नागरिकमाथि आत्महत्या गर्नुपर्ने दबाब थोपरेर शासकहरूले पनि त धेरै दिन चैनको सास फेर्न नपाउलान् !  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC