site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पहिले समस्या नै नभएजस्तो गर्ने, बेला बितेपछि समस्या त स्वीकार गर्ने तर समाधान खोज्न नचाहने र धेरै बिग्रेपछि हस्तक्षेप गरेर समस्या झन् बिगार्ने वर्तमान सरकारे विशेषता नै बनिसकेको छ । कोरोनाभाइरसको संक्रमणका सन्दर्भमा मात्र हैन राज्य सञ्चालनका अरू पक्षमा पनि सरकारको यही प्रवृत्ति मूल चरित्र बनेको देखिएको छ । सरकारले एकतर्फीरूपमा निजी क्षेत्रका कामदार र कर्मचारीले चैतको पूरै र वैशाखको आधा तलब तत्कालै र आधा व्यवसाय खुलेपछि दिनुपर्ने निर्णय गरेको थियो । तर, निजी क्षेत्रमा काम गर्ने कतिपय कामदारले चैतकै तलब पाएका छैनन् भने वैशाखको परिाश्रमिक त ‘आकाशको फल’ भएको छ । संगठित क्षेत्रमै यस्तो अवस्था छ भने असंगठित क्षेत्रका कामदारको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । 

कोभिड–१९ को संक्रमण रोक्न सरकार असफल भइसक्यो । बरु सरकारको क्वारेन्टिनको कुव्यवस्थाका कारण समुदायमा संक्रमण फैलन थालेको छ । बेलैमा आवागमन र क्वारेन्टिन व्यवस्थित गरेको भए संक्रमण यसरी फैलने थिएन भन्ने स्वीकार गर्न सरकारी अधिकारीहरू अझै तयार छैनन् । यस्तै, सरकारले आफूसँग परामर्श नगरी गरेकोे पारिश्रमिकसम्बन्धी निर्णय कार्यान्वयन गर्न व्यवसायीहरू तयार नभएपछि उत्पन्न समस्याको चेपुवामा भने कामदार परेका छन् । उनीहरूमध्ये धेरैको छाक बस्न थालेको छ । तीमध्ये पनि त्यही आयबाट परिवार पाल्नुपर्नेको सकस झन् चर्को छ । दुर्भाग्य, राज्यको ढुकुटीबाट नियमित तलब पाउने मन्त्रीहरू र विलासी जीवन बिताउन कहिल्यै मुस्किल  नहुने व्यवसायीले गुजारा चलाउन नसक्ने कामदारहरूको मर्का बुझ्नै खोजेनन् । 

अहिलेको संकटमा संसारका सबैजसो देशमा राज्यले नै श्रमजीवीहरूको गुजारा सुनिश्चित गरिदिएका छन् । उद्यमी व्यवसायीलाई पनि मर्का नपर्ने गरी सहयोग कार्यक्रम चलाएको छन् । नेपालमा भने बजेटमा समेत न गरिब र श्रमजीवी वर्गलाई सम्बोधन गर्न खोजियो न उद्यमी व्यवसायीका लागि उत्प्रेरित नै गरियो । सरकारी कर्मचारीलाई तलब खुवाउने र राजनीतिक नेतृत्वको विलासी जीवनको बन्दोबस्त मिलाउनेबाहेक सायद बजेटमा अरू कुनै कुराले वास्तविक प्राथमिकता पाएकै छैन । उद्योगहरू बन्द हुने, श्रमिकहरू भोकै मर्ने हो भने देशको अर्थतन्त्र ध्वस्त हुन धेरै दिन लाग्दैन । त्यस अवस्थामा सरकारी कर्मचारीको तलब खुवाउन पनि मध्ययुगका युद्ध सरदारहरूले जस्तो जनताको सम्पत्ति लुट्नु पर्ने हुन्छ । यसैले सरकारले तत्काल सक्रियता देखाएर उद्यमीहरूसँग वार्ता गरोस् र कामदारको तलब दिलाओस् । व्यवसायीले पनि अहिले उपेक्षा गर्ने हो भने उद्योग खुलेका बेला कामदार नपाउने अवस्था आउन सक्छ भन्ने हेक्का राखून् । अहिले श्रमिकको रक्षा गर्न सकेमात्र व्यवसायको पनि हित हुनेछ । यति नै बेला उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक अनुभवी जनशक्तिले वैकल्पिक रोजगार खोजे भने उद्योगहरू सधैँका लागि थला पर्न सक्छन् । सरकारले धेरैपटक रोम जल बाासुरी बजाउने निरोको चरित्र देखाइसकेको छ । व्यवसायीहरू नचुकून् ! 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC