site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चौधरी फाउण्डेसनद्वारा सुरक्षित मातृत्व सेवाका लागि स्वास्थ्यसम्बन्धी उपकरण सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौधरी फाउन्डेसनले प्रसुती सेवा केन्द्रका लागि स्वास्थ्य सम्बन्धी विविध उपकरण वितरण गरेको छ । शुक्रबार फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले ती सामाग्री सुरक्षित मातृत्व सञ्जाल महासंघका महासचिव रविन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरे ।

कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक ६० थान पीपीई, ७५ सय थान मास्क, ६ हजार थान ग्लोभ्स, ३० थान थर्मल गन, १ सय ६० लिटर सेनिटाइजर, १६ सय ८० थान सेनिटरी प्याड, ६०० थान हातधुने साबुन लगायतका सामाग्री वितरण गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकारको रक्षाका लागि विविध कार्यहरु गर्दै आएको सुरक्षित मातृत्व संजाल महासंघले उक्त सामाग्री प्रदेश नं. २ का विभिन्न ३० प्रसुती गृहमा वितरण गरिने महासंघले जनाएको छ ।

स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था रहेको र लकडाउनको अवधिमा ३१ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाउन पुगेको समाचार हालै सार्वजनिक भएका छन् । 

Global Ime bank

अझ प्रदेश नं. २मा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्ने भएकाले कोरोना भाइरस संक्रमणका कारण मातृ तथा नवजात शिशुको स्वास्थ्य यस क्षेत्रमा अझ बढि जोखिममा रहेको छ । 

यस्तोमा उक्त प्रदेशमा सुरक्षित प्रसुती सेवा प्रवाह गर्न अग्रपंक्तिमा रही कार्यरत स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामाग्रीकै अभावमा उपचार नपाएर गर्भवती, सुत्केरी तथा नवजात शिशु कसैले अकालमै ज्यान गुमाउन नपरोस भनि उक्त सामाग्रीहरु सहयोग गरेको फाउन्डेसनले जनाएको छ ।

यसअघि चौधरी फाउन्डेसनले मुलुकभरिका विभिन्न ११९ स्वास्थ्य केन्द्रहरुमा मेडिकल उपकरण वितरण गरिसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC