site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
म्याडम ! तपाईंलाई प्रेम गर्छु म
Sarbottam CementSarbottam Cement

म्याडम ! तपाईंलाई प्रेम गर्छु म

मृत्युको मुखमा जाँदैछ एउटा जत्था
बितिरहेको छ तीव्र गतिमा साल–वर्ष
कोही खोस्न सक्दैन प्रेमका नशालु दिनहरु
कसम खाएको दिल, जसले गर्न सक्छ गज्जब

केवल एक पटक हेर्न चाहन्छु तपाईंलाई
झुक्न चाहन्छु तपाईंको पाउमा, सबैका सामु
भन्न चाहन्छु मर्नुअघि तपाईंसँग
प्रेम गर्छु म तपाईंलाई, म्याडम !
प्रेम गर्छु !

Prabhu Bank
Agni Group
NIC Asia

० ० ०
अहिलेसम्म बाँचेको छु म

थाहा पाएर तिमी, जीवित छु म भन्ने
खुब गहिरो निद्रा सुतिरहेकी छौ प्रिय !

Global Ime bank

मेरो आवेग भड्केर उठ्नेछ जुन समय
तोड्ने छु म तब, तिम्रो यो शासन

याद होला तिमीलाई सायद पुरानो त्यो गीत
जसमा मध्यराति एउटा मृत किशोर
चिहानबाट उठेर आएको थियो आफ्नो रीति निर्वाह गर्न
अनि साथै लिएर गएको थियो आफ्नो कन्या

ए अनुपमा ! ए सुलक्षणा ! तिमी विश्वास गर मेरो
एकदम सीधासाधा र पवित्र, प्यारी बालिका हौ तिमी
बाँचेको छु म अहिले, ए मेरी प्रिय
सबै मृतकभन्दा बलशाली छ अहिले मेरो आत्मा !

(रुसी कवि अलेक्सान्द्र ब्लोक (१८८०–१९२१)का एउटी सुन्दरी स्त्रीका बारेमा,  बरफको अनुहार, बरफले ढाकेको पृथ्वीलगायतका कवितासङ्ग्रह प्रख्यात छन् । उनका लामा कविता पनि उत्तिकै प्रसिद्ध मानिन्छन् । उनले नाटकका साथै प्राकृतिक र सांस्कृतिक आलेख पनि थुप्रै लेखेका छन् ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC