site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप छनोटको मिति तय
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसियाली फुटबल कन्फिडेरेसन (एएफसी) ले फिफाको परामर्शमा कतार विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट खेलको मिति तय गरेको छ । 

एएफसीले बाँकी खेलको मिति घोषणा गरेको हो । छनोटका सातौं र आठौं चरणका खेल अक्टोबर ८ र १३ तारिखमा हुने तय भएको एएफसीले उल्लेख गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै नवौं र दसौं चरणका खेल नोभेम्बर १२ र १७ मा हुने तय भएको एएफसीले जनाएको छ । एएफसीका अनुसार नोभेम्बर २०२० सम्ममा प्रारम्भिक छनोटको दोस्रो चरण पूरा गर्ने लक्ष्य रहेको बताएको छ । 

त्यसपछिको फिफा विश्वकप छनोट, एसियाली क्‍वालिफायर फाइनल राउन्ड र एएफसी एसियान कपको प्ल-अफ म्याच सुरु गर्ने निर्णय भएको जनाएको छ । 

Global Ime bank

एएफसीले सबै टोली, अधिकारी, प्रशंसक र सरोकारवालाका साथै सरकारी यात्रा र चिकित्सा प्रतिबन्धको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्ने स्थितिको नजिकबाटै निगरानी राख्‍ने जनाएको छ । त्यस्तै खेलको तालिकाको पुनर्मूल्यांकन गर्न आवश्यक भएको खण्डमा सबै पक्षहरूलाई सूचित गर्ने समेत जनाएको छ ।

छनोटअन्तर्गत समूह सीमा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । सुरुवात पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC