काठमाडौं । पछिल्लो समय संविधान संशोधन विधेयक दर्ता गराउने क्रम चलिरहेको छ ।
शुक्रबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने भन्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
उनले शुक्रबार सम्पति कमाउन सीमा लगाउनुपर्ने, नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने र राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने प्रस्तावसहितको संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।
यो संविधान संशोधनका लागि परेको पाँचौं प्रस्ताव हो ।
यसअघि सरकारले नेपाको निशान छाप परिवर्तनका लागि संविधान संशोधन विधेयक दर्ता गराएको थियो ।
त्यसैगरी जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले पनि मधेसी जनताका अधिकारका कुराहरु सम्बोधन हुनुपर्ने भन्दै संविधान संशोधन विधेयक दर्ता गराएका थिए ।
बिहीबार राष्ट्रिय जनमोर्चा नेपालले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।