site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जेठ १५ अघि ९३ वटा मात्रै विद्युतीय गाडीको जाँचपास भएको भन्सारको स्पष्टीकरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । भन्सार विभागले जेठ १ देखि १४ गतेसम्म  ९३ वटा मात्रै विद्युतीय सवारी जाँचपास भएको जनाएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि नै विद्युतीय गाडीमा कर बढ्ने सूचना चुहिएको आरोप लागेपछि विभागले यस वर्ष कुन महिनामा कति गाडी भन्सार पास भए भन्‍नेबारे स्पष्टीकरण दिएको हो ।

विभागले जेठ ७ गते ७५ वटा,  जेठ १३ गते १६ र जेठ १४ गते २ वटा मात्र विद्युतीय सवारी जाँचपास भएको जनाएको छ । विभागकै तथ्‍यांकअनुसार पनि बजेट सार्वजनिक गर्नु अघिसम्म जेठमा मात्रै ९३ वटा विद्युतीय गाडी भन्सार पास भएको छ । गत वर्ष सोही अवधिमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएका थिए । गत वर्षको भन्दा यसपटक आयात लगभग दोब्बर पुगेको देखिएकाले यो वर्ष जेठमा ९३ वटा आयात हुनु सामान्य भएको विभागको भनाइ छ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘भन्सार दररेट जेठ १४ गते राति मात्र यकिन हुने भएकाले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने सम्भावना रहँदैन,’’ विभागले जनाएको छ ।

बजेट भाषण हुनुअघि जेठ ८ देखि १५ सम्मको सात दिनमा १८ वटा मात्र विद्युतीय गाडीहरु जाँचपास भएका छन् भने सो अवधिमा ३ सय ४३ वटा पेट्रोलियम गाडीहरु जाँचपास भएको विभागले जनाएको छ । बजेट आउने अघिल्लो दिन अर्थात् जेठ १४ गते दुईवटा विद्युतीय गाडी र १ सय ७९ वटा पेट्रोलियम गाडीहरु भन्सार पास भएका थिए ।

Global Ime bank

बजेट प्रस्तुतिको अघिल्लो दिन जेठ १४ गते सामान्यत: धेरै राजस्व संकलन हुने गरेको विभागले जनाएको छ। विभागका अनुसार गत जेठ १४ गते एक अर्ब ७२ करोड, अघिल्लो वर्षको सोही दिन दुई अर्ब १५ करोड र २०७५ जेठ १४ मा दुई अर्ब १९ करोड राजस्व उठेको संकलन भएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC