site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
थप एउटा संविधान संशोधन विधेयक दर्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैरसरकारी विधेयकका रूपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । सुवालले शुक्रबार अपराह्न २ बजेर २० मिनेटमा आफ्ना तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्नेलगायत विषयमा आफ्नो संशोधन राखेका छन् । यसअघि सरकारले नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको थियो ।

सो विधेयक संसदीय  प्रक्रियामा प्रवेश भइसकेको छ । त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका तर्फबाट संयुक्त रूपमा, नेपालको संविधानको धारा ७, ११, ३८, ८६,२७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दै नेपाली कांग्रेसका सांसदहरू अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत आठजना सांसदको र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन् ।

Global Ime bank

सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसँगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या चार पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC