site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘एन्फा अध्यक्षको विवादास्पद अभिव्यक्तिमा खेलकुदमन्त्रीको प्रोत्साहन छ’
Ghorahi CementGhorahi Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङको विवादास्पद अभिव्यक्ति दिन खेलकुदमन्त्रीले प्रोत्साहन गरेको सांसद प्रदीप यादवले आरोप लगाएका छन् । 

उनले खेलकुद युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई एन्फाले १७ करोड रुपैयाँ दिएको पनि बताए । संसदमा उनले भने, “मलाई यहाँसम्म पनि सुन्न आएको छ । एन्फाले पनि माननीय खेलकुदमन्त्रीलाई पनि बडो माया गरेको छ । एन्फाले उहाँलाई १७ करोड रुपैयाँ दिएको छ ।”

Agni Group

साथै उनले एन्फा अध्यक्षको विवादास्पद अभिव्यक्तिप्रति छानबिन पनि गर्नुपर्ने बताए । उनले छानबिन मात्र नभई खेलकुदमन्त्रीले तत्काल एन्फा अध्यक्षलाई पदबाट हटाउनुपर्ने पनि बताए । 

यादवले एन्फा अध्यक्षले मधेसीका विषयमा गलत अभिव्यक्ति दिएको र हिमाल, पहाड, मधेस अलग गर्ने प्रवृत्ति पनि रहेको बताए । “एन्फा अध्यक्षले मधेसीलाई राष्ट्रियता सिकाउनुपर्छ भनेका छन् । त्यो पनि कसको मार्फत सेनाको मार्फत । सेनालाई पनि मुछ्नुभएको छ । मधेसीलाई उहाँले राष्ट्रिय सिकाउने हो ? मधेसीलाई राष्ट्रियता आउँदैन ? मधेसीलाई हेप्ने र होच्याउने काम भएको छ । यहाँ मधेसी मात्र होइन हाम्रो मुटुमा बसेका सेनालाई पनि मिसाउने कार्य भएको छ,” सांसद यादवले भने । 

Global Ime bank

एन्फा अध्यक्ष शेर्पाले एक वेब पोर्टललाई दिएको अन्तर्वार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको भनेपछि उनी यो महिनाको सुरुबाटै विवादमा तानिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC