site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फोर्ब्सको सूचीमा अभिनेता अक्षय कुमार
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फोर्ब्स म्यागजिनको विश्वका सबैभन्दा बढी पारिश्रमिक बुझ्ने सेलिब्रिटीको सूचीको १०० भित्र पर्न सफल भएका छन् ।

भारतीय ३६६ करोड कमाइका साथ फोर्ब्सको यस सूचीमा पर्न सफल अक्षय एकमात्रै बलिउड सेलिब्रिटी हुन् । यो २०१९ को जुनदेखि २०२० को मेसम्मको करअगावैको उनको कमाइ हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हलिउड सेलिब्रिटीहरू जेनिफर लोपेज (५६), विल स्मिथ (६९), रिहाना (६०), ज्याकी च्यान (८०) लगायत चर्चित सेलिब्रिटीहरूलाई उछिनेर यस सूचीको ५२औं स्थानमा पर्न सफल भएका हुन् । 

यद्यपि अघिल्लो वर्षको तुलनामा यो वर्ष उनको यस सूचीमा स्थान खस्किएको हो । अघिल्लो वर्ष भारतीय ४९० करोडको कमाइसहित उनी ३३औं स्थानमा पर्न सफल भएका थिए । 

Global Ime bank

फोर्ब्सका अनुसार कोरोनाभाइसका कारण विश्वभरका सेलिब्रेटीहरूको कमाइमा असर परेको छ । फोर्ब्सका अनुसार एमेजोन प्राइमसँगको सहकार्यमा तयार भएको अक्षयको पहिलो सिरिज ‘द एन्ड’ को कमाइका कारणले पनि अक्षय यस सूचीभित्र पर्न सफल भएको अनुमान गरेको छ ।

खबरका अनुसार एमेजोनले अक्षयसँग यस टीभी सिरिजका लागि करिब भारतीय ७५ करोडमा सम्झौता गरेको हो । यसका साथै अक्षयको आगामी चलचित्र ‘बेल बटम’ र ‘बच्चन पाण्डे’ को कमाइको अनुमानित कमाइलाई पनि फोर्ब्सले जोडेका छन् ।

यस सूचीको उत्कृष्ट १० भित्र काइली जेनर, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, नेमार, टेलर पेरी, कान्ये वेस्टलगायत सेलिब्रिटीहरू पर्न सफल भएका छन् । यद्यपि काइलीलाई केही दिनअघि मात्रै फोर्ब्सले यो सूचीबाट हटाइसकेको छ । (न्युज १८)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC