एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण रोकिएका खेलकुद प्रतियोगिताहरू पुनः सञ्चालनमा आउन थालेका छन् । पुनः सञ्चालन हुन लागेका खेलहरूमा आफ्ना खेलाडीलाई कसरी फिट बनाउने भन्ने चिन्ता क्लबहरूमा छ ।
यस्तै प्रिमियर लिग क्लब एभर्टनका अध्यक्ष कार्लाे एन्कोल्टीले आफ्ना क्लबका डिफेन्डर यरी मिनाले पुनः सुरु हुन लागेका केही खेलहरू गुमाउने बताएका छन् । उनले क्लबका मुख्य खेलाडीका रूपमा रहेका मिनाले मसल इन्जुरीका कारण केही खेल गुमाउने बताएका हुन् ।
“कोलम्बियाका स्टार खेलाडी मिना यो साताको प्रशिक्षणका क्रममा इन्जुरी भएका थिए । यसै कारण उनलाई केही साता आराम गर्नुपर्नेछ । उनले पुनः सुरु हुने केही खेल गुमाउनेछन्,” एन्कोल्टीले क्लबको अफिसियल साइटमा भनिएको छ ।