site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के हो त स्थानीय जनप्रतिनिधिको दायित्व ?

पहिलो चरणमा निर्वाचन भएका ३४ जिल्लाका स्थानीय तहमध्ये चारवटा महानगरपालिकाबाहेक लगभग अरू सबै स्थानीय तहको परिणाम घोषणा भइसकेको छ । परिणामअनुसार नेकपा (एमाले) भन्दा नेपाली कांग्रेस केही पछाडि परेको छ भने नेकपा (माओवादी केन्द्र) अलि पछाडि रहेर पनि तेस्रो स्थानमा रहेको छ । देशभर स्थानीय तहमा कस्को हैसियत कस्तो रहन्छ भन्ने निक्र्योल दोस्रो चरणको निर्वाचनपछि हुनेछ । राजनीतिक दलहरूको हैसियत जस्तो भए पनि होला कि नहोला भन्ने अन्योलका वीचमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ र यसले दोस्रो चरणको निर्वाचन सुनिश्चत गर्न महत्त्वपूर्ण भूमिका पनि खेलेको छ । यो सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

निर्वाचनबाट स्थानीय तहले जनप्रतिनिधि पाएका छन् । अब स्थानीय तहमा जनप्रतिनिधि हुदाँ के फरक पर्दोरहेछ भन्ने व्यवहारमा अनुभव गराउने काम निर्वाचित प्रतिनिधिको हो । उनीहरूको पहिलो दायित्व नै यही हो । महाभूकम्पका समयमा वा अन्य प्राकृतिक विपत्तिका बेलामा जनप्रतिनिधिको अभाव निकै नै खट्केको छ । त्यस्तै सीमांकन वा स्थानीय तहको समग्र व्यवस्थापनको विषयमा पनि जनप्रतिनिधीको भूमिकाको अभाव महसुस भएको छ । यसभन्दा पनि महत्वपूर्ण त अराजकता, सामाजिक विभेद र नागरिकको सम्मानका साथ बस्न पाउने अधिकारको सुनिश्चितताका लागि स्थानीय जनप्रतिनिधिको भूमिका निकै महत्वपूर्ण हुन्छ । यति धेरै र समाज व्यवस्थापनका सवालमा दीर्घकालका लागि पनि निकै महत्त्वपूर्ण विषयमा जनप्रतिनिधिले भूमिका खेल्न सक्छन्  । नगरका उपप्रमुख तथा गाँउका उपाध्यक्षको संयोजकत्वमा गठन हुने न्यायिक समितिले मुद्दा हेर्दा सामाजिक न्यायको जग बलियो हुने विश्वास गर्न सकिन्छ । त्यसैगरी जनताको गुनासाको तत्काल सम्बोधन गर्ने संयन्त्र पनि स्थानीय तह नै हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको संविधान, २०७२ ले स्थानीय तहको अधिकार क्षेत्रलाई व्यापक बनाएको छ । धेरै अधिकार प्रयोग गर्दै जनतालाई आवश्यकताअनुसारको सेवासुविधा प्रदान गर्ने दायित्व निर्वाचित पदाधिकारीको हुन्छ । यति धेरै अधिकार प्रयोग गर्दा त्यसको दुरुपयोग पो हुने हो कि भन्ने शंका पनि बौद्धिक जमातमा देखिन्छ । ती अधिकारको प्रयोग गर्दै गर्दा जनप्रतिनिधि दलीय आधारमा पूर्वाग्रही हुन्छन् कि भन्ने शंका पनि व्यक्त भएका छन् । यस्ता आशंका अस्वाभाविक हैनन् । अब जनप्रतिनिधिले यस्ता आशंकाको निराकरण गर्दै संविधानले परिकल्पना गरेजस्तो जनताको सुखदुःखको साथीका रूपमा स्थानीय सरकार सञ्चालनको क्षमता प्रदर्शन गर्न आवश्यक छ । प्रचारका क्रममा, मतदानका क्रममा, परिणाम आउदै गर्दा कुन दलको हैसियत के भयो भन्ने सन्दर्भमा दलीय राजनीतिको अभ्यास गरियो ।

तर, निर्वाचित भइसकेपछि राज्यप्रदत्त सेवासुविधामा जनताको समान हक स्थापित गर्ने र सबै जनताको सहभागितामा विकास प्रक्रियालाई व्यापक बनाउने विषयमा आग्रह र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने संकल्प जनप्रतिनिधिले गर्न सक्नु पर्छ । स्थानीय तहका पदाधिकारीहरू आफ्नै ठाँउमा बसेर दिनदिनै जनताको सेवामा खट्ने जनप्रतिनिधि हुन् । त्यसकारण उनीहरूको नागरिकहरूसँग दिनहुँ संवाद भइरहन्छ । औपचारिक र अनौपचारिक संवादका माध्यमवाट उनीहरूले जनताको प्रतिक्रिया, चाहना र आवश्यकता थाहा पाउँछन् ।

Global Ime bank

तिनैका आधारमा योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने दायित्व पूरा गर्न उनीहरू दैनिकरूपमा उत्प्रेरित पनि भइरहन्छन् । सँगसँगै उनीहरू आफ्ना दैनिक क्रियाकलापका आधारमा पनि नागरिकप्रति उत्तरदायी हुनुपर्छ । त्यसकारण नागरिक उत्तरदायी सरकारको भूमिका पनि उनीहरूले प्रदर्शन गर्नु अनिवार्य हुन्छ ।
दलहरूको उमेदवारलाई जनताले रोजेका छन् । एकाध स्वतन्त्र भनिए पनि उनीहरू प्रायः दलमा आबद्ध छन् । अझ कतिपय त दलको उमेदवार छनोट प्रक्रियामा असन्तुष्ट भएपछि स्वतन्त्ररूपमा निर्वाचन लडेका हु्न् । त्यसकारण उनीहरू पनि दलीय सम्बन्धबाट त्यति  धेरै टाढा छैनन् । निर्वाचित जनप्रतिनिधिले खेल्ने भूमिकाले उनीहरू सम्बद्ध दलको साख र लोकप्रियता बढोस् भन्ने चाहना दलहरूले पनि लिएका हुन्छन् । यस्तो चाहना राख्ने दलले जनप्रतिनिधिलाई  काम गर्ने राम्रो वातावरण मिलाइ दिनुपर्छ । दल र कार्यकर्ताको मात्र स्वार्थको अपेक्षा नराखेर जनप्रतिनिधिलाई काम गर्न प्रोत्साहित गर्ने दायित्व दलले निर्वाह गर्नुपर्छ ।

यस्तो महत्त्वपूर्ण दायित्व लिएका जनप्रतिनिधिहरू अब विनाविलम्ब काममा खट्न थाल्नुपर्छ । हाम्रा गाउँसहरले १५ वर्ष जनप्रतिनिधि नहँुदा ठूलै क्षति बेहोरेका छन् । सामाजिक एकता स्खलित भएको छ । सहकार्यको भावनामा अवरोध आएको छ । परजीवी संस्कृतिको विकास भएको छ । राज्यप्रदत्त सेवामा भनसुनको प्रभाव बढी हुने गरेको छ । आवश्यकता भन्दा भाडबन्डाका आधारमा छनोट काम हुने परम्पराको विकास भएको छ । यस्ता नकारात्मक पक्षलाई विस्थापित गरी त्यहाँ लोकतान्त्रिक संस्कृति प्रबद्र्धन गर्ने दायित्व पनि उनीहरूको काँधमा छ । त्यसकारण अब विलम्ब हैन, कामको प्रारम्भ हुनुपर्छ । यस्तो जनअपेक्षा पूरा गर्न जनप्रतिनिधिको भूमिका देख्न पाउने विश्वासका साथ सबै जनप्रतिनिधिलाई हार्दिक शुभकामना ! 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०७४  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC