site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
पहिलो चरणमा शुक्रबार प्रवासका नेपालीहरु स्वदेश फिर्किँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि विभिन्‍न देश पुगेका र कोरोना महामारीका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फिर्काउने तयारी थालेको छ । जसअन्तर्गत म्यानमारमा समस्यामा परेका नेपालीलाइ शुक्रबार स्वदेश फर्काइँदै छ । 

पहिलो चरणमा आउन लागेका ती नेपालीलाई म्यानमारकै सैनिक विमानले नेपाल ल्याउन लागेको हो । उक्त विमान नेपालमा रहेका बर्मेली नागरिकलाई लिन आउँदा नेपाल सरकारले बर्मामा फसेका नेपालीलाई स्वदेश फर्काइ दिन आग्रह गरेपछि उनीहरु फर्काउन लागिएको हो । यसरी फर्काइएकाहरुलाई होल्डिङ् सेन्टरमा राखिने र त्यसपछि क्‍वारेन्टाइन तथा होटलहरुमा राख्‍ने तयारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरु नेपाल आउँदा कोभिड–१९ संक्रमण नभएको स्वास्थ्य परिक्षण रिपोर्ट देखाएर मात्र आउन पाउने छन् ।  नेपाल सरकारले व्यवस्था गरेको होल्डिङ् सेन्टर तथा १४ दिने क्‍वारेन्टाइनमा बस्नुपर्ने र थप सात दिन होम क्वारेन्टाइनमा बस्‍नु पर्नेछ । 

उनीहरुलाई विमानस्थलमा उत्रिएपछि सुरक्षा निकायले बसबाट बसुन्धरास्थित यति पार्टी प्यालेसमा राखिने छ । यो सरकारले तोकेको होल्डिङ सेन्टर हो । त्यहाँ उनीहरुलाई नेपाल टेलिकमले निशुल्क सिमकार्ड उपलब्ध गराउने छ र होल्डिङ केन्द्रमा नै फेरि स्वास्थ परीक्षण गरिने छ । 

Global Ime bank

उनीहरुलार्ई उपलब्ध सिमकार्ड चालु गराई ६० दिनसम्म अनिवार्य प्रयोगमा ल्याउनु पर्नेछ र आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप डाउनलोड गरी क्‍वारेन्टाइनमा रहँदाको अवधिमा नियमित स्वास्थ्य विवरण अद्यावधिक गर्नुपर्ने छ । 

उनीहरु त्यहाँ रहुन्जेल तोकिएका अन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नु पर्ने बताइएको छ । 

उनीहरु केहि समय होल्डिङ केन्द्रमा बसे पछाडि उनीहरुलाई  सम्बन्धित नगरपालिका वा गाउँपालिका जना पाउने छन् । ती व्यक्ति सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि पीसीआर परीक्षण गरेर घर जान पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC